फलोअप: ६ लाख क्षतिपुर्ति दिने सम्झौतापछि उठ्यो सविताको शव

पाेखरा | भदौ १९, २०८०

फलोअप: ६ लाख क्षतिपुर्ति दिने सम्झौतापछि उठ्यो सविताको शव

पोखरा:   पोखरा १० अमरसिंहचोका मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएको सविता कुमारी दनुवारको शव परिवारले बुझेको छ ।
 

मृतक परिवारलाई ६ लाख क्षतिपुर्ति दिने सम्झौता भएपछि सविताको श्रीमान् दीपेन्द्र दनुवारले शव बुझेका हुन् ।
 

यद्यपी मृतक परिवारले शव बुझेपनि ठक्कर दिएका मोटरसाइकल चालक सुजन गुरुङ (२१ वर्षीय )माथि भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । 

 

‘पीडित परिवारलाई क्षतिपुर्ति दिने सम्झौता भएपछि शव बुझेर लगिसक्नुभएको छ । यद्यपी घटनाबारे अनुसन्धान भने जारी नै छ,’ निमित्त प्रमुख श्रवण कुमारले सुनगाभा न्यूजसँग भने ।
उनले पीडित परिवारले शव बुझेर गएपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोहोर्याए । ‘पीडित परिवारसँग क्षतिपुर्ति बारे कुरा मिलिसकेपनि मुद्धा दर्ता भएकाले अनुसन्धान जारी छ, उनले भने, ‘अनुसन्धान सकेर मोटरसाइकल चालकलाई पेश गर्नेछौ ।’
 

क्षतिपुर्ति स्वरुप ६ लाख दिने सम्झौतापछि शव उठाएको मृतककी  श्रीमान् दीपेन्द्र दनुवारले सुनाए । ‘अहिले ५० हजार मात्रै पाएका छौ । त्यै ६ लाख दिने कुरा भाको हो । अरु बाँकी पैसा यताको काम(काजक्रिया) सकेर पोखरा आएपछि दिने कुरा छ,’ उनले भने ।


 

यो पनि पढ्नुहोस

 

पोखरा महानगरपालिका १० अमरसिंहचोकमा गत १३ गते (बुधबार) मर्निङ वाकमा रहेकी सवितालाई बिहान करिब ५ बजे लखनचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले ठक्कर दिएको थियो ।

 

ठक्करपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि केही समयपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

 

महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ स्थायी घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता दनुवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् । सविताको परिवाले मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएका थिए । 

 

यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकको ठक्करबाट ज्यान गुमाएकी तनहुँको म्याग्देकी २० वर्षीय वर्षा कुमालको शव पनि परिवारले बुझिसकेको कास्की प्रहरीले जनाएको छ ।

 
 

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्