कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

पाेखरा | भदौ ११, २०८०

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

पोखरा:    कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो ।


जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमश:  १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४  बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्मरपूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उहाँले बताउनुुभयो ।


अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँको भनाइ थियो ।  

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...

थप पढ्नुहोस्

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्