लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न

पाेखरा | भदौ ७, २०८०

लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न

पोखरा:    लायन्स  क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । 

 

उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक गभर्नर ला. हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको बताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे । उक्त कार्यक्रममा PDG धुर्ब ब थापा, 1st VDG ला. धुर्ब श्रेष्ठ, IPDG  ला. मिलन थापा,  PMCC PDG ला. प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर ला. प्रजापति बास्तोला, को चिफ एड्भाइजर ला. कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन ला. सूर्य बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए । 


उक्त कार्यक्रममा ला. नरहरी पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिष्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने साथीहरुलाई सम्मान ब्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए । वर्ष 2023–2024का अध्यक्ष ला। एकनारायण गौतमले हाल सम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै BSF र NLF तर्फको चेक हस्तान्तरण गरेका थिए ।  


लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक  ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष 2022–2023  का अध्यक्ष ला. नरहरी पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष 2023–2024 का क्लब अध्यक्ष ला. एकनारायण गौतमको  अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक ला. राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष ला. बालाकृष्ण शर्माले राखेका थिए । डिष्ट्रिक जे अन्तर्गतका डिष्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष 2022–2023 का सविच ला। शुसिल थापा र वर्ष 2023–2024 का सचिव ला. इश्वर शर्माले गरेका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्