चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला-सिक्लेस सडकखण्ड अवरुद्ध

पाेखरा | भदौ ६, २०८०

चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला-सिक्लेस सडकखण्ड अवरुद्ध

पोखरा:   कास्कीको मादी गाउँपालिका ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । 


अविरल वर्षासंगै चिप्ली खोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । 


‘केहीदिन यता वर्षा निरन्तर भइरहेको छ, वर्षासँगै मादी ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘यही स्थानमा एक महिना अगाडि पनि पहिरो गएको थियो, आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ, घाम नलागेसम्म पहिरो हटाउन सकिदैन ।’


उनले काहुँखोला–सिक्लेस सडकखण्ड पहिरोका कारण अवरुद्ध भएकाले यात्रुहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्न सक्ने बताए । 


‘काहुँखोला–सिक्लेस सडकखण्ड चिप्लीमा मात्र अवरुद्ध भएको हो, पहिरोबाट नै हिडेर सडक पार गर्न सकिदैन जोखिम धेरै छ’, उनले भने, ‘केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिन्छ, यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्छन् ।’


वर्षा रोकिएपछि सडक खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्