पोखरामा अवैध डिजेल काण्ड: बिलमा १२ हजार ट्याङ्करमा ३ हजार लिटर बढी

पाेखरा | भदौ ३, २०८०

पोखरामा अवैध डिजेल काण्ड: बिलमा १२ हजार ट्याङ्करमा ३ हजार लिटर बढी

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ  । 


प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो ।  


पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो । 


प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ । 
 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्