रुपाताल नजिक मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु
पाेखरा | भदौ २, २०८०
पोखरा: कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।
प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।
त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

