पोखरामै पहिलोपटक चरक मेमोरियलमा मुटुको सफल शल्यक्रिया

पाेखरा | भदौ १, २०८०

पोखरामै पहिलोपटक चरक मेमोरियलमा मुटुको सफल शल्यक्रिया

पोखरा:   पोखरामै पहिलो पटक नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको छ । 


मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले ४५ वर्षीय पुरुषको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरिएको हो । 


पोखरा भलाम घर भएका विष्णु गौतमको एक हप्ता अगाडि चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए ।


उनका अनुसार करिब ३ करोडको लागतमा स्थायी रुपमै उपकरण जडान गरिएको छ । 


चरक मेमोरियलले सुरु गरेको यो कार्यलाई निरन्तरता दिनका लागि सन्देशमुलक काम गरेको उनले बताए । पोखरेलका अनुसार सरकारले प्रदान गर्दै आएको १ लाख सम्मको मुटुसम्बन्धि उपचार खर्च चरकमा पनि व्यवस्था रहेको छ ।


मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालका दक्ष जनशक्ति कम रहेको बताए । उनका अनुसार नेपालमै करिब २० देखि २५ जनाको ओपन हार्ट सर्जन रहेको उल्लेख गरे ।

 

 


उनका अनुसार पछिल्लो समय मुटुको शल्यक्रिया काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र बाँसबारी, मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको छ । उक्त शल्लेक्रियाको लागत मुटु रोगको प्रकृति हेरेर लाग्ने बताए । डा. भट्टराईका अनुसार करिब १ लाखदेखि ६ लाखसम्म लाग्न सक्छ । 


भट्टराईले पोखरा अन्य क्षेत्रमा अघि रहेपनि मेडिकलको क्षेत्रमा केही पछि रहेको धारणा राखे । ‘पोखरा हरेक क्षेत्रमा अगाडि भएपनि मेडिकलको क्षेत्रमा पछाडि नै छ, त्यसैले चरकले नयाँ अभ्यास सुरुवात गरेको छ’, उनले भने, ‘काठमाडौंको सेवा सुविधा देशभर नै सुरुवात नगरे जनशक्तिले काम गर्न पाउँदैनन् ।’


डा. भट्टराईले ओपन हार्ट सर्जरी गर्न चुनौती रहेको सुनाए । 


‘मुटुको उपचारमा मेडिकल साइन्समा विभिन्न प्रकारका छन् । यो काम निकै चुनौतीपूर्ण छ । पोखरा घर भएका बिरामीको मुटुको सफल शल्यक्रिया गरिएको छ’, डा। भट्टराईले भने, ‘मुटुमा तीन वटा नसा हुन्छ, उहाँको दुईवटा नसा बन्द भएको थियो, हात र छातीको नसा राखेर पोखरामा ओपनर हार्ट सर्जरी गरिएको हो ।’


उनले उक्त कार्यलाई निरन्तरता दिन चरक मेमोरियलाई सुझावसमेत दिएका थिए ।
 

काठमाडौं:      सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको ...

थप पढ्नुहोस्

पाँचथर:      पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्।  उक्त स...

थप पढ्नुहोस्

पोखरा:    पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वे...

थप पढ्नुहोस्