बास्कोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास
पाेखरा | भदौ १, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो ।
स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उहाँले बताउनुभयो । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उहाँले बताउनुभयो ।
वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई...

