पोखरामा नहरमा डुबेर बेपत्ता भएका बालक मृत फेला

पाेखरा | साउन २५, २०८०

पोखरामा नहरमा डुबेर बेपत्ता भएका बालक मृत फेला

पोखरा:   पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका बालक मृत फेला परेका छन् । 


पोखरा महानगरपालिका १७ पावर हावस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ । 


पोखरा घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी आज (बिहीबार) पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 


नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अधिकारीलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले झण्डै एकसय मिटर तल मृत अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ । 

 

बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्