कारागारमा राति दुई कैदी भाग्न खोजे, बिहान उपचारका क्रममा दुबैको मृत्यु

संखुवासभा | साउन २४, २०८०

कारागारमा राति दुई कैदी भाग्न खोजे, बिहान उपचारका क्रममा दुबैको मृत्यु

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ।

 

बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका- ५, संखुवासभाका  १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका- ७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।संखुवासभाका प्रमुख जिल्ला अधिकारी  शिवकुमार कार्कीका अनुसार आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याएको थियो।

 

‘अस्पताल पुर्‍याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएछ,’ सिडिओ कार्कीले सेतोपाटीसँग भने। उनका अनुसार तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।

 

उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए। बुधबार राति शौचालयको झ्यालको रड काटेर दुई जना भाग्न लागेका थिए। शौचालयको ढोका अहिले पनि भित्रबाट चुकुल लगाएकै अवस्थामा रहेको सिडिओ कार्कीले बताए। नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको उनले बताए। हाल कारागारमा १३८ कैदीबन्दी छन्। दुई कैदी अचेत भेटिएको कोठामा ३८ जना कैदीबन्दी छन्।

 

कैदीबन्दीको मृत्यु भएपछि कारागारमा केहीबेर तनावपूर्ण स्थिति बनेको थियो। अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि सिडिओ कार्कीले जानकारी दिए। घटना शंकास्पद् देखिएकाले  छानबिनका लागि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरिएको छ। कैदीबन्दी जेलभित्रै अचेत भेटिनु आफैंमा शंकास्पद् कुरा हो, छानबिनपछि थाहा होला,ु उनले भने। 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्