स्याङ्जामा माइक्रो र बस ठोक्किदा १३ घाइते

स्याङ्जा | साउन २२, २०८०

स्याङ्जामा माइक्रो र बस ठोक्किदा १३ घाइते

स्याङ्जा:    स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् ।


काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमवार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 


घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ । 


दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर रहेका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


भारतीय बसमा सवार ४८ जना  सबै सकुशल रहेको प्रबक्ता सुवेदीले जानकारी दिनुभयो । दुबै सवारी साधन र भारतीय बस चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्