सल्यानमा एक महिलाको शव फेला
सल्यान | साउन २१, २०८०
सल्यानमा एक जना महिलाको शव फेला परेको छ।
आइतबार शारदा नगरपालिका- १४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार प्रमिलाको घाँटीमा चोट देखिएको छ।
‘केही बेर अगाडि सूचना आएपछि घटनास्थलमा आइपुगेका छौं, ’ उनले भने, ‘घटना आजै बिहान भएको हो वा रातिमा त्यो अनुसन्धान पछि थाहा हुन्छ।’
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गरिरहेको छ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...
काठमाडौं: नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग ...
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

