प्राज्ञिकको एकदिवसीय अभ्यास वर्ग कार्यक्रम
पाेखरा | असार ४, २०७९
पोखरा : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , पृथ्वीनारायण क्याम्पस इकाई समितीले आफ्नो एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन् गरेको छ । पृथ्वी नारायण क्याम्पसमा भएको सो कार्यक्रम वर्तमान समयमा राष्ट्रको लागि युवाको भूमिका भन्ने मूल विषयका साथ भएको थियो । कार्यक्रममा युवाहरुको भुमिकालाई समेट्दै राष्ट्र निमार्णमा रहने भुमिकाहरु समेटिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पृथ्वीनारायण क्याम्पसका उप प्रध्यापक शोभाकान्त गौतमले आफ्नो भनाई राख्नुहुदै भने , ‘ राष्ट्र निर्माणका लागि युवाको भूमिका एकदमै महत्वपूर्ण रहन्छ , युवानै वर्तमान र भविष्य दुवै हो ।’ गौतमले युवाको परिचय जोड्दै पूरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष ) हरेक मानिसमा हुनू पर्ने बताए । साथै परिषद् नेपाल गण्डकी प्रदेश उपाध्यक्ष दिपक रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिए ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अर्की राष्ट्रिय सह छात्रा प्रमुख सृष्टि जोशीले वर्तमान समयमा विश्वविद्यालयमा भइरहेको दलगत राजनीति यसको प्रभाव र यसको नियन्त्रण सम्बन्धि प्रस्टाउदैँ राष्ट्रिय स्थरमा विद्यार्थी परिषद् को भुमिकालाई दर्शाए ।
५० जना कार्यकर्ताहरुको सहभागितामा भएका यस कार्यक्रममा २५ जनाको नयाँ क्याम्पस इकाई समिति गठन भयो ।
कार्यक्रम सञ्चालन पीएन क्याम्पस इकाई समिति नवगठित सचिव आशा माया मगरले गरेका थिए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

