स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण

पाेखरा | साउन १७, २०८०

स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण

पोखरा: लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा ३३ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोनिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।


सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एपं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताउनुभयो ।


त्यसैगरी ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताउनुभयो ।


त्यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ का  वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको  क्लबका अध्यक्ष ऐरले बताउनुभयो ।

 

कार्यक्रममा मोटिबेस्नल स्पिकरका रुपमा रहनुभएका प्रतिभा उ.मा.विका प्राचार्य ला किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सर्भरसस्त सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी अर्का मोटिबेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै उहाँले एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गनुभयो । कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले विद्यार्थीहरुले  मनोरञ्जन लिएका थिए ।


सो विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिनुभयो ।


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्