कास्कीमा अनलाइनमार्फत ४ करोड बढी ठगी

४९ प्रहरीलाई कारवाही

पाेखरा | साउन १६, २०८०

कास्कीमा अनलाइनमार्फत ४ करोड बढी ठगी

पोखरा:   जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको जानकारी दिइएको हो । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार बिकले अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए । 

 

‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ सूचना अधिकारीले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’

 

उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए । 


 

यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् । 

 

कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र  ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ ।

 

यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजरी परेको जानकारी दिएको छ । प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको र  बाँकी अनुसन्धानमा रहेको जनाएको छ ।

 

यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ । 
 
 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्