सेती नदीमा फसेका तेजेन्द्रको सकुशल उद्धार
पाेखरा | साउन १४, २०८०
Photo: APF
पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र घर्ति मगरको सकुशल उद्धार भएको छ ।
नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ ।
माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ ।
नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

