पोखरामा पहिरो जाँदा २ घरमा क्षति, दुईजना सामान्य घाइते
पाेखरा | साउन १४, २०८०
पोखरा: पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ घरमा क्षति पुगेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने २ जना सामान्य घाइते भएका छन् ।
पोखरा महानगरपालिका १८ सराङकोट डाँडामा गएराति पहिरो जाँदा मिरुवाका दुई घरमा क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
बैदाम प्रहरीका अनुसार गएराति १२ बजेर ५ मिनेट पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।
प्रहरीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

