यातायात कार्यालयमा भौतिकमन्त्री जुग्जालीमगरको छड्के
पाेखरा | साउन १२, २०८०
तस्बिर: मन्त्री जुग्जालीको सचिवालय
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् ।
यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् ।
अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए ।
उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् ।
मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए ।
जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।
जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । ...
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्...

