तोडियो निर्मल पुर्जाको रेकर्ड, तेन्जिङ र नर्वेजियन क्रिस्टिनले गरे ९२ दिनमै १४ हिमाल आरोहण
काठमाडाैं | साउन १२, २०८०
काठमाडौं: सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले नयाँ रेकर्ड कायम गरेका छन्।
हिजो बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।
यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए।
पुर्जाको रेकर्ड पनि धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्।
योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ।
उनीहरूसँगै हिजै २१ जनाको टोलीले माउन्ट केटुको सफल आरोहण गरेका छन्।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

