लामाचौर तीज महोत्सव–२०८० को तयारी तिब्र

भाद्र ३० देखि असोज १ गतेसम्म हुने

पाेखरा | साउन १२, २०८०

लामाचौर तीज महोत्सव–२०८० को तयारी तिब्र

पोखरा:  महिलाहरूको माहान चाँड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ ।

 


नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन्  ।

 

२०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ  कास्की जिल्ला भित्रकै ऐतिहासिक एवम् बृहत साथै गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको छ।

 

राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने, महिलाहरूको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

 

समाजका अध्यक्ष स्वागत सिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पुर्ण उपसमिति गठन गरी तिब्र रुपमा तयारी चलिरहेको र सबै जना एकजुट भै यस ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्