जनता राज्य मिले राज्यको समस्या हल हुन्छ: मन्त्री सिंखडा
पाेखरा | साउन १२, २०८०
पोखरा: सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन ।
‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन । आफुले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वता गरिन ।
‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्मा यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए । सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्साल समाजिक बिकास मन्त्रालय प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरेको बताए । गण्डकी प्रदेश सरकार मानब सेवा आश्रममा ७० लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए ।
प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिएको हो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

