युवतीलाई जजक गरी फरार भण्डारी पक्राउ
काठमाडाैं | साउन १०, २०८०
काठमाडौं: युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने २२ वर्षीय मोहन भण्डारी रहेका छन् ।
प्रहरीलाई प्राप्त सूचना अनुसार फरार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको विशेष प्रहरी टोलीले नयाँ बानेश्वरबाट आज पक्राउ गरेको हो ।
उनी विरुद्ध (परतिवर्तित नाम) गोयलीले जाहेरी दिएकी थिइन् । त्यसपछि सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ खोजी गरेको थियो ।
अहिले घटनासम्बन्धि थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

