काठमाडौं:  नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको ...

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र  श्रीलङ्काबीच स्पर्धा हुँदैछ ।  उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ ।  समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ ।  श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ ।  फिफा वरियतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

काठमाडौं:    कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो। पहिलो हाफको ४४ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। अनिता बस्नेतको सटिक क्रसमा साम्बाको हेडरले सही दिशा लियो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले तेस्रो गोल गर्यो। रेनुका नगरकोटेले दिएको बलमा सविताको उत्कृष्ट पासलाई रश्मिले भेट्टाउन सकिनन् भने नजिकै रहेकी सरुले गोल गर्दै आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोललाई यादगार बनाइन् । लाओस विरुद्ध खेलको ५५ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लामो थ्रु(पासमा साम्बाले बललाई अगाडि बढाउँदै किपरसँगको वान भर्सेस वानमा गोल गरिन्। साम्बाले गोल गरेको एक मिनेपछि नै रेनुकाको सहयोगमा रश्मिले गोल गरिन्। नेपालले ५(० को सानदार अग्रता बनायो। त्यसलगत्तै नेपालले ३ खेलाडी परिवर्तन गर्यो। प्रीति राई, पुजा राना र अनिता केसीले सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे। त्यसको केहि समय पछि प्रशिक्षक प्याट्रिकले रेखा पौडेल र विमला बिकेलाई मैदान पठाए। उनीले रेनुका र समिक्षा घिमिरेलेलाई रिप्लेस गरे। यसपछि नेपालले ३ गोल थप्यो। ७५ औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेट पछि साम्बाले व्यक्तिगत चौथो गोल गरिन्। ८३ औं मिनेटमा सब्स्टिच्युट अनिता केसी पनि गोल गरिन्। नेपालले ८(० को सानदार अग्रता बनायो। नेपाल यतिमा मात्र रोकिएन्। ८८ औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो। ५९ औं खेलमा साम्बाको त्यो ६२ औं गोल हो। योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ। साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ। कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो। उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन्। साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो। समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन्।

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’बाट एपिएफ क्लब र समूह ‘बि’बाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको ढोका खुल्ला गरे ।    पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह एतर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतीलाई ३०–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।    बागमतीले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बितर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनायो ।    सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ ।     प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ ।    समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ ।   तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।  

पोखरा:    पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो ।  १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ ।  यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।  लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए । १२ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ ।   

पोखरा:  शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ । क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् ।  क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे । क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए । रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए । रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो । क्लबले सो रकम प्रदान गरे संगै यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ । सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछ । २०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।  

पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।  ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने गुरुङले बताए ।  लिगकम नकआउटको आधारमा हुने  प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।  प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।   लामा अमृत फाउण्डेशन घान्द्रुक सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । फाउण्डेशनले २०७५ र ७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

काठमाडौं:  एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो ।  जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

पोखरा विश्वविद्यालय कानून समाजद्वारा आयोजित ‘प्रथम अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगिता’मा पृथ्वीनारायण क्याम्पसको बिएएलएलबी टिम ‘ए’ च्याम्पियन बनेको छ ।   पोखरा विश्वविद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा गण्डकी विश्वविद्यालयलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगितामा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेसँगै पिएन क्याम्पसले नगद रु २२ हजार २ सय २२को साथमा शिल्ड तथा मेडल प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको गण्डकी विश्वविद्यालयले  नगद रु ११ हजार १ सय ११ को साथमा शिल्ड तथा  मेडल  हात पार्याे ।   उक्त फाइनल खेलमा मनिष चौधरीले २ गोलको योगदान दिए भने, सिद्धान्त बोटे र भुवन सिं शेर्माले समान १/१ गोल गरे ।     सो प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडीका रुपमा मनिष चौधरी घोषित हुँदै नगद रु ५ हजार बराबरको स्वास्थ्य परिक्षणको भौचर र मेडल प्राप्त गरे ।   पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको नेतृत्वमा बनेको पिएन क्याम्पस बिएएलएलबीको टिमको प्रशिक्षकमा फुटबलर अञ्जन देवकोटा रहेका थिए ।   सो प्रतियोगितामा पोखरा विश्वविद्यालय समूह (क), पोखरा विश्वविद्यालय समूह (ख) गण्डकी विश्वविद्यालय समूह, पृथ्वीनारायण क्याम्पस समूह (क) र पृथ्वीनारायण क्याम्पस समूह (ख) गरी कुल ५ टिमको सहभागिता रहेको थियो ।      

काठमाडौं:  एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।  मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो । जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए ।  सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे ।  नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक, एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्ने छ ।  एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।  प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।