ढल्क्यो जोवानमा ‘फोक्सिङकोट’ र वडास्तरीयमा ‘दान्सिँघा’ च्याम्पियन
पाल्पा | कात्तिक १२, २०८२
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ ।
माउण्ट एभरेष्ट युवा क्लबले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको ढल्क्यो जोवानतर्फ फोक्सिङकोट भेट्रान्सले गल्याङलाई २–१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
सहिद केवल गाहा खेल मैदानमा भएको प्रतियोगितामा न्यू मिलन युवा क्लब खानीगाउँ तृतीय बनेको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए ।

उनका अनुसार प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो हात पार्याे ।
यसैगरी साबिक वडास्तरीय पुरुष भलिबल तर्फ जनज्योती प्रथम बन्यो । फाइनल खेलमा भाल्याल्हुङ क्लब भालेबासलाई २–० को सोझो सेटमा हराउँदै दान्सिँघा प्रथम बन्यो । यस्तै उक्त विधामा कालीगण्डकी युवा क्लब शिखरडाँडा तृतीय बन्यो ।
प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्याे ।
प्रतियोगिताबाट ढल्क्यो जोवानतर्फ रामपुर भेट्रान्सका सन्तोष श्रेष्ठ र वडास्तरीयतर्फ भालेबासका अर्जुन मगर उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

उनीहरुलाई समापन तथा पुरस्कार समारोहका अथिति नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष राधा थापामगर, पुरस्कारदाता शिव राना, तिलक थापा, तल्लोकोलडाँडा टोल विकास संस्थाका संयोजक विष्णु राना (सजल), क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत ७ गतेदेखि सञ्चालनमा रहेको दुवै विधागरी कुल ३२ टिमको सहभागिता रहेको थियो ।
बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लब खेलकुदको क्षेत्रमा मात्र नभई साँस्कृतिक र सामाजिक क्षेत्रमा पनि त्रियाशिल रहँदै आएको छ ।





काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

