पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

लेखनाथ:   पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका छन् ।   आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चाँसो नदेखाएपछि सो क्षेत्रका स्थानीयहरु आन्दोलिन बनेका हुन् ।   स्थानीय बासिन्दाहरुले आगामी शनिबार बिहान ८ बजे (८ गते) विरोध प्रदर्शन गर्दै सडकमै (तालचोकस्थित एनआइसी बैंक अगाडि) रोपाईजात्रा गर्ने तयारी रहेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।   उनका अनुसार घाम लाग्दा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ ।   संयोजक पौडेलले सडक निर्माणका लागि वल्र्ड बैंकको बजेटमा महानगरले स्वछन्द निर्माण कम्पनीलाई ७८ करोडमा सम्झौता गरेको जानकारी दिए ।    यद्यपी अहिले निर्माणको कामले तिब्रता पाएको छैन ।   ‘अहिले ७/८ जनाले मात्रै काम गरेका छन्, बर्षातको समय छ । बाटो पुरै हिलाम्मे छ । जताततै तालै ताल छ । यसरी त चैत मसान्तमा सकिने छाँट छैन, उनले भने, ‘त्यसैले हामीले विरोध गर्दै रोपाई गर्ने तयारी गरेका हौं ।’   विरोध कार्यक्रमका लागि स्थानीय टोल विकास समिति, आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएको पौडेलले बताए ।    उनले उक्त विरोध कार्यक्रममा मेलमार्फत प्रदेश तथा संघीय सांसदलाई कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको जानकारी दिए ।   उनका अनुसार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद मन बहादुर गुरुङ र जीवन परियारलाई पत्र पठाइएको छ ।      

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।   भारतीय पेन्सन  क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए ।   प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले २० हजार, उप विजेताले १५ हजार र सह विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।   प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिए ।   आवश्यक न्युनतम भौतिक पुर्वाधार विना नै परिषदले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान शुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए ।   पहिलो सँस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए । 

काठमाडौँ:   राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश आइपुगेका छन् ।    राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् ।   स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।    राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् ।   यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।    सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

काठमाडौँ:    ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।   तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।   दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।   अहिलेसम्म पक्राउ पर्नेहरू : १. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र  २. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र ३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र  ४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६  ५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९  ६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक) ७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५  ८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४  ९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु  १०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)  ११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल) १२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य) १३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे) १४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे) १५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे) १६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर) १७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)  १८. सोनाम गुरुङ, चीन  १९. रूपक भण्डारी  २०. मनोज श्रेष्ठ, भक्तपुर। 

काठमाडौँ:   संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।    उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएकाे छ ।   दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।   गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ ।   उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ । यो खबर रातोपाटीमा लेखिएको छ ।

कास्की:   कास्की प्रहरीले मार्दी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा दुई वटा साधनलाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा ४ र ६ को बीचमा रहेको मार्दी खोलामा उत्खनन् गरिरहेको बा २ क ९६४७ नम्बरको जेसिबी र हेमजाबाट पोखरातर्फ आउँदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरलाई नियन्त्रणमा लिइएको हो ।   उक्त जिपमा अवैध रुपमा कटपिस ढुङ्गाहरु फेला पारेकाले सम्बन्धित कागजपत्र नभएकाले आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

कास्की:     गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ ।   ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिँदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवासीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।   उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए ।   तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिएका थिए ।   तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादी गाउँपालिकामा गाउँ पर्यटनका धेरै सम्भावना भएको उल्लेख गर्दै यसलाई उजागर गर्नुं अपरिहार्य भएको बताए ।   गाउँले गाइड तालिमसँगै यहाँको गाउँ पर्यटनको व्यवसायिक विकास हुने उनले विश्वास व्यक्त गरेका थिए ।   भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी, भिटोफ गण्डकीका सल्लाहकार एवम् प्रशिक्षक टीकाराम सापकोटा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदी, भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष रमेश न्यौपाने, द्वितीय उपाध्यक्ष सुशिला भण्डारी, सचिव लक्ष्मण पहारी, मादी गाउँपालिका होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर गुरुङ, प्रशिक्षार्थीहरू केशव अधिकारी र चोकबहादुर गुरुङ लगायतले बोलेका थिए ।  

कास्की:    हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १२ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।   मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा १२ ले वडा ६ लाई पेनाल्टी सुटआउटमार्फत पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।   निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का विष्णु बहादुर लामिछाने भए ।   त्यस्तै दोस्रो खेलमा पोखरा १३ ले वडा ५ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे ।   खेलको ३२ औं मिनेटमा  राजकुमार गुुरुङले  पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा १३ लाई ३ गोलको अग्रता दिलाए ।   वडा न ५ का अनिल राज कोइरालाले ५६ औ मिनेटमा १ गोल गरेका थिए  । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भएका थिए ।   हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।   प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा:  नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा आजदेखि दोश्रो एड्भेन्चर फेस्ट ( असार ५ गते  पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ।    उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ।     कार्यक्रममा  बालबालिका तथा युवाहरुलाई  शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीपसहित विभिन्न विपद्का घडीहरुमा उद्दार कार्यमा डर र होस गुमाउनु हुदैन भन्ने ध्ययेका साथ उद्दारमा सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेस प्रमुख आयुक्त सागर पौडेलले जानकारी दिए ।    उनका अनुसार सो कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार  विद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछन् ।    कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाइम्बिङ, मङ्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुदैंछन्  ।