काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

पोखरा:   पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट लगायतका सुविधा रहेको ट्राभल्सका सञ्चालक लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । पोखरादेखी काठमाडौँसम्मको यात्रालाईं सहज बनाउने लक्ष्य अनुसार सुविधासम्पन्न बस थप गरिएको पौडेलको भनाई छ । “पोखरा पर्यटकीय राजधानी समेत घोषित भइसकेको सन्दर्भमा स्तरीय बस सेवा दिनुपर्दछ भनेर सेवा विस्तार गरेका छौँ । हाम्रो सेवाबाट समग्र पोखरा सहित लामाचौर, पुरुनचौर, माछापुच्छ«े गाउँपालिका नागरिकहरु अझ बढी लाभान्वित हुनुहुनेछ ।” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस २८ सिट क्षमताको रहेको ट्राभल्सका सञ्चालक पुष्पराज पौडेलले बताउनुभयो । “पोखराको उत्तरी क्षेत्र खासगरी सार्दिखोला, तातोपानी, मर्दी हिमाल तथा खुमई डाँडा लगायतका क्षेत्रमा अहिले पर्यटक आगमन धेरै राम्रो छ । हाम्रो सेवाबाट पर्यटकले समेत लाभ लिनेछन् । ” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस पोखराबाट विहान÷बेलुका र  काठमाडाँैँबाट समेत विहान÷ बेलुका सञ्चालन हुनेछन् । काठमाडौँबाट  लैनचौर, सोह«खुट्टे बालाजु  हुँदै पोखराका लागि र पोखरामा लामाचौरबाट नदीपुर, लेकसाइड, पर्यटनवसपार्क हुँदै काठमाडौँका लागि छुट्ने कम्पनीले जनाएको छ । बस सेवाको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सेवाबाट पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।उहाँले पोखरा–मुग्लिन सडक निर्माण छिटो सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो । “पोखरा मुग्लिन सडक तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर द्रुत गतिमा काम अघि बढेको छ । प्रदेश सरकारले सडक निर्माण छिटो सक्नका लागि निरन्तर निर्माण कम्पनीसँग छलफल गरी राखेको छ । चार लेनको सडक बनेपछि सुविधासम्पन्न बसहरुले अझ राम्रो सेवा दिनेछन् । ”मन्त्री थापाले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एनकुमार साईले यातायात व्यवसायीले यस क्षेत्रमा ठूलो लगानी गरेकाले सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले यात्रुमैत्री सेवा आफूहरुको प्राथमिकता रहेको बताउनुभयोे  ।  “पोखराको उत्तरी क्षेत्रका आम यात्रु उपभोक्तालाई यात्रुमैत्री सेवा दिन सुविधासम्पन्न बस सार्थक बन्ने छन् । पृथ्वीराजमार्ग कम्पनीमा आवद्ध बसहरुले समयसापेक्ष सेवा दिनेछन् ।” अध्यक्ष केसीले भन्नुभयो । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामचौरबाट छुट्ने गरी बस सेवा सञ्चालनले पोखराको माथिल्लो क्षेत्रका नागरिकलाई सुविधा पुगेको बताउनुभयो । “साविक लामाचौर आसपासका बासिन्दाले बस सञ्चालनका लागि लामो प्रयास गरेका थिए, लामो समय लागेको थियो । अहिले सुविधा थप हुँदै जाँदा हामी खुशी छौँ ।” पाण्डेले भन्नुभयो । कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सञ्चालकहरु ज्ञानबहादुर कार्की, अशोककुमार यादव, मेघराज त्रिपाठी, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिँह भण्डारी लगायतले सुविधासम्पन्न बस सेवाले यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने बताउनुभएको थियो ।  सेवा शुभारम्भका अवसरमा लामाचौरमा यातायात क्षेत्रको विकासमा सहयोग गरेकामा नवआदर्श सामुदायिक विकास समाजलाई सम्मान गरिएको थियो ।   

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ ।  नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् ।  यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।  वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने राम्रो समूहका साथ पोउवासंघको नेतृत्व गर्न चाहन्छन् । तेस्रो पुस्ता देखि पहिलो पुस्तालाई सँगै लिएर हिँडेका पोखरेलको जित्ने आधार भनेकै टीम हो ।  उनी आफैले पनि संगठन एक्लै नचल्ने र समूहको आवश्यकता पर्ने बताउँदै आएका छन् । अर्जुन सँगै चुनावी मैदानमा प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला, र सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), दुधमान (आशिष) गुरुङ, प्रेम प्रसाद सुवेदी, देवेन्द्र प्रजु, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापा भिड्दैछन् । यसपालीको उद्योग वाणिज्य संघको नेतृत्वका लागि पोखरेल समूह बलियो देखिन्छ । साना, मझौला र ठूला व्यवसायी सबैको पीरमर्कालाई बुझेर आएको समूह भएकाले पनि पोखरेल समूहको पल्लाभारी राम्रो छ ।  व्यवसायीको घरघरमा पुगेर उनीहरुको समस्यालाई सुनेर सम्बोधन गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएको टीमले काम गर्नेमा आशावादी छन् व्यवसायी ।  पोखरेल भन्छन्, “हाम्रो टीमले जित्ने आधार भनेकै व्यवसायी हुन् । घरदैलोका क्रममा सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सुन्ने अवसर मिल्यो । धेरै समस्या छन् जसको समाधान गर्न पहलकदमी गर्नुछ । अहिले हाम्रो टीम व्यसायीको समस्यालाई सम्बोधन गर्ने गरी नै आएको हो । आशा छ सबैको साथ मिल्नेछ ।”  

काठमाडौं:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।      उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो ।       मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।       उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।”      जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो ।       राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।  उहाँले भन्नुभयो, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।”      सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।  साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो । 

काठमाडौं:   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।   यो पनि पढ्नुहोस   बागलुङ जीप दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको छ ।  अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।      ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।       उहाँका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।  पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो । 

सुर्खेत:     खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।  उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।  सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।  कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।  

म्याग्दी:   म्याग्दी मुवाँथाई संघको अध्यक्षमा डेक पुन सर्वसम्मत चयन भएका छन् ।  नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार म्याग्दीको अध्यक्षमा डेक पुनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला मुवाँथाई संघ तदर्थ समिति गठन गरेको हो ।   नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको भेलाले म्याग्दी मुवाँथाई संघ गठन गरिएको हो ।  संघको उपाध्यक्षमा राधा पुलामी, सचिवमा कृष्ण रानाभाट र कोषाध्यक्षमा महेन्द्र थकाली सर्वसम्मत चयन भएका हुन् ।  यस्तै  सदस्यहरुमा रितु पुन, साहस गर्बुजा, प्रबिन केसी, कुमार क्षेत्री, हिमाल सुनार रहेका छन् ।    पछिल्लो समय नेपालमा मुवाँथाईको लोकप्रियता बढ्दै गएकाले जिल्लामा यसको विकास र विस्तारमा लाग्ने अध्यक्ष पुनले बताए । उनले जिल्ला स्तरबाट समेत व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागि पर्ने समेत बताएका छन् ।     

जुम्ला:   व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ ।       किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।      उहाँले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिनुभयो । मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो ।  “कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन्”, श्रेष्ठले भन्नुभयो । पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।      मौरी विज्ञ श्रेष्ठले मौरीमा देखिएको सङ्क्रमण, परिजीवी, विषादी र कुपोषणका कारणले यो समस्या देखिएको बताउनुभयो ।  “अध्ययनका क्रममा यहाँका मौरीपालनको व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ । घार पनि व्यवस्थित रुपमा राखिएका छन्”, उहाँले भन्नुभयो, “कुपोषण, मौरी चरण क्षेत्रमा विषादीको प्रयोगलगायत करणले पोषणको कमी भई मौरी मरेका हुन् ।”      मरेका मौरीको नमूनाको थप अध्ययन गर्न नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर रोगको पहिचान गरिने मौरी विज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।  “कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ । यसबारे विस्तृत विवरण थप अध्ययन । परीक्षणबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो ।      तीन वर्षदेखि मौरीमा देखिएका विभिन्न रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्रका विज्ञ श्रेष्ठको टोली विभिन्न स्थान पुगेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको टोलीसँग किट विकास महाशाखाका सुनिलकुमार जैसवाल र जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले अध्ययनसम्बन्धी जानकारी, समस्या समाधानका उपायलगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।      जिल्लाका मौरीपालक किसानले सेराना जातको मौरी पाल्दै आएका छन् । पातारासी गाउँपालिका–१ पेरे, गुठिचौर गाउँपालिकाको गुठिगाउँ, तातोपानी र चन्दननाथ नगरपालिकामा रहेका घार, वरपरको वातावरण, रोग÷किरासम्बन्धी टोलीले अध्ययन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।      मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो ।  यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।      युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।  उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।      कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो ।  मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।