काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् । यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए ।  कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन व्यक्त गरेकी थिइन् ।  यस्तै प्रतिनिधि सभा सदस्य दामोदर बैरागी पौडेल, गण्डकी प्रदेश सभा सदस्य भीम कार्मी सहभागि भएर धार्मिक पर्यटकीय केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बचन दिए ।   यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, समाजसेवी गंगा पोखरेल, वडानम्बर १५ का अध्यक्ष तोरण बानिया, वडासदस्य, समाजसेवीले र स्थनीय संघ संस्था र प्रतिनिधि कोटिहोममा पुगेका थिए ।   यस्तै कोटिहोमको आठौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो ।  यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पोखरेलीहरुको सथा र सहयोगले कार्य सफलता तर्फ उन्मुख भएको बताए ।  यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।  अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी)  जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ ।  यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ ।   यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।  मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।   

पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाइनल पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।  मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याएका थिए । तर खेलको अन्तिम समयको ८४ औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल नै जितका लागि निर्णायक बनेको हो । खेलको म्यानअफ दी म्याच एन्फा गोरखाका आकाश थापा भए । उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन । पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब र कास्की ११ विच हुनेछ भने दोश्रो खेल विहिवार सशस्त्र प्रहरी वल गण्डकी प्रदेश र एन्फा गोरखाका विच हुने क्लवका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।  

पोखरा: पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो ।  पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो)ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो)लाई ५०–२२ ले पराजित ग¥यो ।  यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो)लाई ४६–४२ अङ्कले पराजित ग¥यो ।  यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५५–३० ले पराजित ग¥यो ।   चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले पराजित ग¥यो ।  पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित ग¥यो ।  छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित ग¥यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ ।  लिक कम नकआउटको आधारमा सञ्चालन हुने  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।  विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।  खेलकुदको विकासमा गाउँपालिका लागेको छः अध्यक्ष केसी कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुदको विकास गाउँपालिका प्रतिवद्ध रहेको बताए ।  प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘अन्नपूर्ण गाउँपालिका खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्न पर्छ भन्ने पक्षमा छ, सबै खेलकुदहरुलाई अगाडि बढाउँदै खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल मैदानमा उत्रने र प्रतिस्पर्धा गर्दै विजयी भएर राष्ट्रको नाम राख्नका लागि गाउँपालिका प्रोत्साहन गर्न चाहान्छ ।’ अध्यक्ष केसीले भने ।  अध्यक्ष केसीले बास्केटबल प्रतियोगितामा धेरै खेलाडीहरुलाई सहभागिता गराउन प्रतियोगिता पोखरामा सञ्चालन गरिएको बताए ।  ‘बास्केटबल प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाभित्र नै सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने, ‘बास्केटबल प्रतियोगितामा हामीले धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता लागि नै पोखरामा यस खेल सञ्चालन गरेका हौं ।’ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले दशौं खेलकुदको लागि मिति तय भइसकेकाले यस खेलले बास्केटबल खेलाडी छनोटमा सहयोग पुग्ने बताए ।  ‘अन्नपूर्ण गाउँपालिकाले बास्केटल खेलमा नयाँनयाँ खेलाडी उत्पादन गर्ने हेतुले खेल आयोजना गरेको छ’, गुरुङले भने, ‘यस प्रतियोगिताले हामीले दशौ खेलकुद प्रतियोगिताको मिति तय भइसकेकाले खेलाडी छनोटमा समेत सहयोग पुग्नेछ ।’  कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । 

काठमाडौं:    राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबारको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १र१ विकेट लिए । कर्णालीको यो तेस्रो जित हो । जारी एनपिएलमा ५ खेल खेलेको कर्णाली यसअघि दुई खेलमा पराजित भइसकेको छ । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् । एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए । यस्तै, दिलीप नाथले ३, माइकल लिस्कले २, नारायण जोशी र आकाश चन्दले समान एकरएक रनको योगदान दिए । पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो । कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक÷एक विकेट हात पारेका थिए । पोखराको यो तेस्रो हार हो । जारी एनपिएलमा ४ खेल खेलेको पोखराले एक खेल मात्रै जितेको छ ।

चितवन:    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज यहाँ आयोजित खबरदारी सभामा उहाँले देशको राजनीति सोचेजस्तो सहज नभएको बताउनुभयो ।विश्वराजनीति परिस्थिति अनुसार नेपालको राजनीति परिस्थिति सहज हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले  विश्व परिस्थिति जसरी अगाडि बढ्दै छ । हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखापरेका छन् । हामी सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्रलाई पहिलो शक्ति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भएको उपनिर्वाचनले २०८४ सालमा हुने निर्वाचनको झल्को दिएको छ । माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको छ ।” महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहाल र निशा न्यौपानेले जनपरिचालन तथा पार्टी सुदृढीकरणका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।   

काठमाडौं:    तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छभने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ ।  भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् ।  “बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरुमा उडान प्रभावित भएको छ”, प्रवक्ता शेर्पाले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् ।  यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहेको जनाएको छ ।

काठमाडौं:    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको छ  । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको हो ।      उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवीले गरेको सङ्घर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो ।  “वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घ स्थापना गरिएको थियो । 

वीरगञ्ज:    खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ । आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपार्इंहरुलाई निर्देशन दिन्छु ।” सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “१ घर, १ धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।” खानेपानी संस्थान वीरगञ्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभयो । सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीनकुमार साहले वीरगञ्ज महानगरपालिका भरिमा कुल ११ हजार ४ सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिनुभएको थियो ।

नेपालगञ्ज:     बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गर्नुभयो ।  सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।  न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।  “मानवअधिकार समाजको प्रगितसँग जोडिएको छ, हामिले न्यायपूर्ण र समतामूलक समाजको परिकल्पना गरेका छौँ, त्यसका लागि मानवअधिकार सुनिश्चित हुन जरुरी छ”, उहाँले भन्नुभयो, “मानवअधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जनाउन चाहन्छु ।” लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको र त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानवअधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरुको न्यायका लागि प्रदेश सरकारले भूमिका बढाउने बताउनुभयो ।  “लुम्बिनी प्रदेश द्वन्द्वको चपेटामा प¥यो, अहिले पनि पीडितहरुले भोगेका समस्या सम्वोधन गर्नेगरी काम अघि बढेका छन्, त्यो भूमिका निर्वाह गर्न प्रदेश सरकार तयार छ”, उहाँले भन्नुभयो, “मानवअधिकार रक्षाका निम्ति कुनै कसर बाँकी राख्ने छैन, प्रदेश सरकारले खेल्नुपर्ने भूमिका निभाउँछौँ ।” मानवअधिकार रक्षाका निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताउनुभयो ।  “इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन”, उहाँले भन्नुभयो, “अहिले पनि राज्यलाई मानवअधिकारको क्षेत्रबाट खबरदारी गरिरहनुभएको छ, राज्यले मानवअधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्नुपर्छ ।” इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका पूर्वअध्यक्ष सुवोध प्याकुरेल, इन्सेका लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी लगायतले द्वन्द्व व्यवस्थापनका विषयमा बोल्नुभएको थियो ।   इन्सेकको आफ्नो स्वामित्वमा रहेको २७ धुर जग्गामा रु ४७ लाख २९ हजारको लागतमा सो स्रोत केन्द्र स्थापन भएको हो । स्रोत केन्द्रलाई द्वन्द्वपीडितलाई कानुनी तथा मनोपरामर्शका साथै सूचना आदानप्रदान गर्ने थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।