पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:  पोखरामा सम्पन्न भएको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको छ ।  गतवर्ष माघ १२ देखि २० गतेसम्म आयोजना गरेको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगिताको आयव्यय टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा २१ लाख १ हजार ६ रुपैयाँ नाफा भएको बताए ।  उनका अनुसार प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी हुँदा १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रुपैयाँ खर्च भएको बताए ।  कुन शिर्षकमा कति आम्दानी खर्च हेर्नुहोस्    अध्यक्ष शर्माले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा, एवं खेलकुद अभियानमा सहयोग प्रतिवद्धता अनुसार प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न यस वर्षबाट प्रदेश खेलकुद प्ररिषद् गण्डकीलाई अक्षयकोषको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको बताए ।  गतवर्ष माघ १२ देखि २० गतेसम्म सम्पन्न भएको एनसेल पाचौं संस्करणको टाइगर कप प्रतियोगितामा महिला तथा पुरुषतर्फ १÷१ विदेशी टिमसहित ६÷६ टिमको सहभागिता रहेको थियो ।  टाइगर ग्रुप अफ पोखरा नेपालले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघसँग स्वीकृति समेत माग गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले आज पोखरामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई स्वीकृति पत्र हस्तान्तरण गरे ।  नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा आयोजना हुने छैठौं संस्करणको टाइगर कपको लागि विदेशी भलिबल क्लबलाई सहभागिताका लागि समन्वय गर्ने प्रतिवद्धता समेत गरे ।    यो पनि पढ्नुहोस   टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

काठमाडौं:  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ ।  आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।   इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।    मृत्यु हुनेमा सुजनकाे (पूर्वपत्नी) ३३ वर्षकी दिपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेकी छिन् ।   हत्यामा संलग्न भएको आरोपमा संविधान दिवसमा आम माफी पाएका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।       

काठमाडौं:   छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् ।   गुजरातमा १३ जना संक्रमित निको भएका छन्।   उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो।   यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।   चार नयाँ भेरियन्ट फेला   भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् ।   यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।   भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ।

म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।   जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।    स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए ।   घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।   मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ ।   दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ । -रासस

प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।    काठमाडौँ:    राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् ।    आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।   प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।    त्यसक्रममा चैत १५ गते आफू बिहान १० बजे नै उक्त स्थानमा पुगेको बताएका छन् ।   रविन्द्र मिश्र र धवल शम्शेरले स्टेजमा भाषण गरिरहेको बेला दुर्गा प्रसाईँसहितको समूह निषेधित क्षेत्रमा गइ अमानवीय र अराजक शैलीमा संसद् भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन् ।    त्यसपछि आफूले भिडलाई उत्तेजित बनाउँदै त्यसतर्फ लगेको र प्रहरीले रोकेपछि बिचबाट आफू र प्रसाईँ हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन् ।   स्टेजबाट मिश्र र शम्शेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुढा सुरु गरेको र त्यसै क्रममा ५ तल्ले पक्की घरमा सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रुपमा भित्र छिरेको पनि उनले बताएका छन् । यो खबर रातोपाटी डटकममा लेखिएको छ ।    

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पीड: सिजन २’ औपचारिक रूपमा सुरु गरेको छ।   युवा, काँचो र तीव्र गतिका बलरहरूलाई पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट प्रारम्भ भएको हो।   हालसम्म यो अभियानले १७ वटा सहरहरू पार गरिसकेको र नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीले जनाएको छ।   सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूलाई खोजी र प्रोत्साहन गर्नको लागि प्रारम्भ गरेको थियो। यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।   यस वर्ष अभियान २४ वटा सहरहरू लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगन्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौँमा पुग्नेछ।   अभियानमा प्रत्येक सहरमा एक जना उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ। तीमध्येका २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरहरूलाई काठमाडौँमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइनेछ।   क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन्। अन्त्यमा, यीमध्येबाट उत्कृष्ट विजेताको घोषणा गरिनेछ।   बिट द स्पिड: सिजन २ को मुख्य विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको तीव्र बलिङ तालिमको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ।   

नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।     मृत्यु हुनेमा  मध्यविन्दु– ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेका छन् । भने, बर्दाघाट नगरपालिका–५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।    उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको थियो ।

काठमाडौं:    हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।   साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।   देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।   त्यसैगरी, आज राति मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।   मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।