पोखराः छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको हुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका कारण रोकीएको छायाँकनमा त्रिपाठीलाई अभियनको लागी अनुरोध गरेको थियो । यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै रुचाएका थियो । तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता सुवास थापाले बताएका छन् । सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् । कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ । ४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र विपिन कार्की विच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो । एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् । सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ । राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।
काठमाडौं: प्रहरीले ९० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ६ पुशलका ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की: पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २० बजे हेम्जामा दुर्घटनामा हुँदा तनहुँको व्यास नगरपालिका ५ बाह्रबिसे घर भई पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठक्कर दिएको थियो । ठक्करपछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको इन्सपेक्टर खड्काले बताए । उनले सो दुर्घटनामा परि म्याग्दीको मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचाैर बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएको जानकारी दिए । ‘दुर्घटनबाट एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना घाइते हुनुहुन्छ । उहाँको अवस्था मध्ययम छ, इन्सपेक्टर खड्काले भने, ‘अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’ दुर्घटनापछि चालक फरार रहेको बताउदै खोजी कार्य तिब्र पारेको उनले बताए । ‘तीन जना रहेको सो गाडाीको चालक फरार छन्, उनको खोजीकार्य तिब्र पारेका छौ ।’ खड्काले भने । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो जीप पर्वतबाट सुन्तला खरिद गरेर आज बिहान पोखरा फर्किएको थियो ।
स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका ४ मा रहेका विभिन्न विद्यालयबाट सामानहरु चोरी गर्ने, चोरिका सामान किनबेच गर्ने ७ व्यक्तिहरु पक्राउ परेका छन् । २०७८।११।२२ गते राती फेदीखोला गाउँपालिका ४ टार्केमा रहेको आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर १ सेट, प्रिन्टर १ थान, मल्टिप्लग १ थना र २०७८।११।२४ गते राति आरुखर्क तल्लाचौरमा रहेको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर १ थान, डेल कम्पनीको कम्प्युटर १ सेट, एचपी कम्पनीको प्रिन्टर १ थान, ब्रोदर कम्पनीको फोटोकपी मेशिन १ थान, मल्टिप्लक १ थान चोरी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षीय समिर सुना, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् । पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीमा संलग्न रहेका थिए । चोरीका सामानमध्ये १ थान प्रोजेक्टर र १ थान प्रिन्टर लगायतका अन्य सामाग्रीहरुको अनुसन्धान गरी बरामद गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी तथा डाँका मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट आज म्याद थप गरी अनुसन्धान गरीरहेको खनालले जनाउनुभएको छ ।
काठमाडौं: ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा परेका छन्। यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो। यसरी कारबाही गर्ने क्रममा नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुले जानकारी दिए। उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।
पोखराः घडीले दिउँसोको १ बजायो । मोदी खोला किनारमा दुई जना पाका मान्छेहरु पुजा गर्दै छन् । त्यतिकैमा हनि हन्टिङमा आएका भिरौटे, स्थानीय र आन्तरिक तथा बाह्य पर्यटकहरु आइपुग्छन् र टिका तथा आशिर्वाद ग्रहण गर्छन् । त्यसपछि यात्रा सुरु हुन्छ, कोटेसाङ महभिरको । हनी हन्टिङपूर्व पूजा गर्दा कुनै पनि अप्रिय घटना नहुने परम्परागत विश्वास रहिआएको छ । त्यसैले मह काढ्नेहरुले हन्टिङपूर्व पूजा गर्ने प्रचलन रहेको छ । पूजापछि भीरतर्फ हानिएका यी दुई आनन्द पौडेल र खड्क बहादुर पुन हुन् । उमेरले पौडेल ७७ वर्ष पुगे भने पुन तीन बिसे १ वर्षका भए । उमेरले पाका यी दुईको जोडी पनि पुरानै भइसक्यो । कोटेसाङ भीरमा मह काढ्न बनेको यो जोडीले ४ दशकदेखि भीरमा पैठाजोरी खेल्दै आएको छ । यो वर्षपनि उनीहरुको जोडी हनी हन्टिङका मुख्य पात्र हुन् । यी दुईको जोडीलाई सघाउन ७ जना भिरौटेहरु तैनाथ छन् । ‘हामी दुई जनाको जोडीले मह काढ्न थालेको धेरै भइसक्यो, पौडेलले भने, ‘हामीलाई सघाउन पछिपछि अन्य साथीहरु (भिरौटे) आउँछन् । त्यो मध्ये दुईजनाले सिकिसकेका छन् ।’ करिब १ सय मिटर अग्लो भीरमा भीरमौरीका घारहरु छन् । तल मोदी खोला आफ्नै लयमा बगिरहेको छ । सो भीरको मध्यभागमा करिब ३० घार भीर माहुरीका घारहरु छन् । स्थानीयका अनुसार विभिन्न समुहमा रहेका माहुरीलाई अलग–अलग नाम दिइएको छ । लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिका सचिव कमल गुरुङका अनुसार बोक्सी घार, नौच्यु घार, स्यापु घार, खत्री स्याल घार लगायतका नाम दिएको छ । मह काढ्न पहिले बोक्सी घारबाट सुरु गरिने सचिव गुरुङले बताए । ‘भीरमा करिब ३० वटा घारहरु छन् । बोक्सी घारलाई पहिलालाई नै काढ्नु पर्छ, गुरुङले भने, ‘बोक्सी घारलाई पहिला नै काढेन भने अरु घार काढ्दा शिकारी भिरौटेहरुलाई टोक्छ भन्ने मान्यता छ, त्यसैले मह भए/नभएपनि बोक्सी घार पहिला नै काढ्ने गरिन्छ ।’ मुखियापछि स्थानीयको स्वामित्वमा महभीर कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित कोटेसाङ महभीरमा पञ्चायतकाल अगाडीबाट नै मह काढ्ने अधिकार गाउँको मुखियाको अधीनमा भएको स्थानीयहरु बताउँछन् । शिकारी आनन्द पौडेका अनुसार ४० सालको दशकपछि मात्र स्थानीयको स्मामित्वमा आएको छ । ‘महको शिकार गर्न पञ्चायत कालदेखि नै गाउँको मुखियाको स्वामित्वमा थियो, मुखियाको आदेश अनुसार शिकार हुन्थ्यो, पौडेलले भने, ‘मुखियाको स्वामीत्वमा हुँदा मह काढे पनि खान मुखियाको आदेश पर्खन पथ्र्याे, शिकारमा आउँदा रासनपानी आफैले लिनुपथ्यो, मुखियाले केही पनि दिँदैनथे ।’ ०४० पछि स्थानीयको स्वामित्वमा महभीर आएपछि महको आम्दानी गाउँले लिन थालेका छन् । अहिले महको मात्र होइन भीरमा शिकार गर्न जाने शिकारीलाई पर्यटकहरुले केही रकम दिने गरेका छन् । कोटेसाङ भीरमा १९ औं शताब्दीबाट धनराज गुरुङले मह काढ्न सुरु गरेदेखि मह काढ्न सुरु गरेको शिकारी पौडेलले बताए । अन्नदेखि मोहरसम्म महको मुल्य लान्द्रुकस्थित कोटेसाङ महभीरमा वर्षको दुईपटक महको शिकार गरिने शिकारी खड्कबहादुर पुनले बताए । ‘महको शिकार गर्ने समय वर्षको दुईपटक हो, वर्षको जेठ–असार र कात्तिक–मंसिर महको शिकारको याम हो, यो समयमा राम्रो मह हुन्छ ।’ पुनले भने । महको मुल्य स्थानीयको स्वामित्वमा आएपछि एक मोहर, दुईरुपैयाँसँगै मकै र धानसँग साटफेर भएको अनुभव पुनले सुनाए । स्थानीयको स्वामित्वमा आएपछि लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले अहिले १ लिटर महको मुल्य ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कृषि उत्पादन घटेसँगै महको उत्पादन घट्यो महभीरको छेउमा रहेको खेत अहिले चौरमा परिणत भएको छ । धान झुल्ने र तोरी फुल्ने बारी तथा उत्पादन हुने भुमीहरुहरुमा उत्पादन नहुँदा महको उत्पादन घट्न थालेको शिकारी आनन्द पौडेललको भनाई छ । ठगाउँमा पछिल्लो समय उत्पादन घट्ने क्रममा बढ्दो छ, उत्पादन घटेपछि बस्तुको मुल्य बढीरहेको छ । त्यसैले महको मुल्यपनि १ मोहर दुई रुपैयापछि ३ हजारसम्म पुगेको छ ।’ मुस्काउँदै पौडेलले भने । उनले मह उत्पादन बढाउन कृषि उत्पादन बढाउन पर्ने पौडेलले बताए । उनका अनुसार अहिले प्रसस्त फूल नफुल्दा उत्पादन घटेको हो । त्यसैले गतवर्ष भन्दा कम घारको शिकार यो सिजनमा गरिएको छ । मह उत्पादन बढाउँन पैयु रुख रापिदै लान्द्रुक हनि हन्टिङ फेस्टिबलका अध्यक्ष गिरधारी पौडेलले माहुरीको रोजाईमा पैयु पर्ने भएकाले उत्पादन बढाउन रोप्न सुरु गरिएको बताए । ‘मंसिरपछि अन्य फूलहरु फुल्छन् तर कात्तिक मंसिरमा मह काढिने सिजनमा कमै फूलहरु फुल्छन्, पौडेलले भने, ‘त्यसैले यो सिजनलाई मध्यनजर गर्दै पैयुको बोट रोप्न सुरु गरेका हौं ।’ कोटेसाङ महभीरसँगै लान्द्रुक गाउँसम्म नै समितिले १ सय ९ वटा पैयुको बोटहरु गत आर्थिक वर्षमा रोपेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटले भीरको माथिल्लो भागमा पैयुको बोट रोप्ने योजना रहेको पौडेलले सुनाए । माहुरीको लागि पैयु फुल्दा माहुरीसँगै लान्द्रुक गाउँको सुन्दरता नै परिवर्तन हुने स्थानीयहरुको तर्क छ । मह शिकारः ‘वान मिस गेम फिनिस्’ कोटेसाङ महभीरमा महको शिकार गर्न सजिलो नभएको शिकारी खड्कबहादुर पुनले बताए । महको शिकार गरेबापत समितिले ज्याला दिने बताउदै पुनले भने ‘उमेरले ६१ पुगे, २० वर्षको उमेर देखि मह काढ्न सुरु गरेको हो । काम नगरे रोगी भइन्छ शरिर रोगी हुन्छ जति काम ग¥यो उती फुर्तिलो भइने मनले मान्दैन । अब नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै छौं । हामी पछिको पुस्ताले सिक्न जरुरी छ ।’ उनले सो काम जोखिमपूर्ण हुने बताउदै सबैको तालमेल मिल्नुपर्ने बताए । ‘चोयाको पराङ ( भ¥याङ) बिचमा ठेउलीको कापा शरीरमा चोयाको नै सेफ्टीबेल्ट सुरुसुरुमा गाह्र«ो त भयो नै अहलिे आरामसँगै मह काढ्न सकिन्छ । यसमा ९ जनाको नै हात मिल्न पर्छ । नत्र जे पनि हुन सक्छ ।’ शिकारी र भिरौटेहरुलाई दिनगन्ती ज्याला लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले कोटेसाङ महभीरमा मह काढ्ने शिकारी र भिरौटेहरुलाई दैनिकी ज्याला नै तोकेको छ । प्रमुख शिकारी र शिकारीको सहयोगीको समान ज्याला तोकेको समितिले बाँकी भिरौटेहरुको फरक–फकर ज्याला समितिले निर्धारण गरेको समितिका अध्यक्ष गिरधारी पौडेलले बताए । उनले वर्षमा दुईपटक मह काढ्ने बताउदै पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित लान्द्रुक हनि हन्टिङ फेस्टिबल आयोजना गर्दै आएको सुनाए । दुईदिन सम्म सञ्चालन भएको फेस्टिबलमा कोटेसाङ महभीरमा रहेका करिब ३० वटा भीर माहुरीको आधा दर्जन घारको शिकार गरिएको थियो । समितिले गत वर्ष कोरोनाका कारण बाह्य पर्यटक नभित्रीएपनि यो सिजनमा आन्तरिक भन्दा बाह्य पर्यटकहरुले अवलोकन गरेको आयोजकले जनाएको ।
काठमाडौं: देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ। विभागले देशका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो। अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ।
काठमाडौं: लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शो डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ विस्तारका लागि सहमति भएको छ । पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ । सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित वडा नं –१५ को ठुलो एरियामा फैलिएर नागरिकलाई विगत ७० वर्ष देखि विशिष्ट सेवा दिँदै आइरहेको उक्त संस्था अवस्थित वडाको जनप्रतिनिधि भएर सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले वडा नं –१५ लाई भवनमा बस्ने तथा करोडौँका गाडी चढ्ने व्यक्ति र झुपडीमा बस्ने व्यक्तिले पनि स्थानीय सरकारको अनुभूति गरोस् भन्ने हिसाबले हाल वडाले मानवीय विकासमा प्रत्यक्ष असर गर्ने खालका कार्यक्रमहरू ल्याएको बताउँदै यहाँका सङ्घ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा ती कार्यक्रमहरूलाई पूरा गर्न कोसिसमा लागिरहेको बताए । आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिलेको माहौल हेर्दा फरक अनुभव गरेको प्रतिक्रिया दिए। उनले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वकोको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडी बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताए । यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताए । उनले अहिलेको ठुलो समस्या भनेको नसर्ने रोगको समस्या रहेको र शहर गाउँ भन्दा नसर्ने रोगको ठुलो समस्या बोकेको ठाउँ भएको कारण यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताए । कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल, विष्णु प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो भन,े सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोलाले केन्द्रले दिँदै आइरहेको सेवा तथा समस्याका बारेमा बोलेका थिए । स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती महिलाको जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ । यसअघि पनि संस्थालाई आई एनएफ, हेप्पी होम, अनुग्रह लगायतका सङ्घ संस्थाले सहयोग गरेका थिए ।

