स्याङ्जामा चोरी गर्ने र चोरिका सामान किनबेच गर्ने ७ पक्राउ
स्याङ्जा | पुस १, २०७९

स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका ४ मा रहेका विभिन्न विद्यालयबाट सामानहरु चोरी गर्ने, चोरिका सामान किनबेच गर्ने ७ व्यक्तिहरु पक्राउ परेका छन् ।
२०७८।११।२२ गते राती फेदीखोला गाउँपालिका ४ टार्केमा रहेको आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर १ सेट, प्रिन्टर १ थान, मल्टिप्लग १ थना र २०७८।११।२४ गते राति आरुखर्क तल्लाचौरमा रहेको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर १ थान, डेल कम्पनीको कम्प्युटर १ सेट, एचपी कम्पनीको प्रिन्टर १ थान, ब्रोदर कम्पनीको फोटोकपी मेशिन १ थान, मल्टिप्लक १ थान चोरी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षीय समिर सुना, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् ।
पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीमा संलग्न रहेका थिए ।
चोरीका सामानमध्ये १ थान प्रोजेक्टर र १ थान प्रिन्टर लगायतका अन्य सामाग्रीहरुको अनुसन्धान गरी बरामद गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी तथा डाँका मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट आज म्याद थप गरी अनुसन्धान गरीरहेको खनालले जनाउनुभएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...