फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

बुधबार सुनको मूल्य स्थिर छ।    मंगलबार  प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ।    मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ।    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पोखरा:  चितुवाको आक्रमणबाट २ जना मानिस घाइते भएका छन् ।   बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए ।    चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ ।   चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं :  काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतना अभियानको  सुरूवात गरेको छ।   जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने प्‍ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक चोकमा बसेर अभियानको सुरूवात गरेको हो।   दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोश पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ ।    सम्झाइबुझाइका क्रममा काठमाडौंको न्युरोड,बालकुमारी,जडिबुटी,ललितपुरको सातदोबाटो र जावलाखेल,भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो ।    यस्तै ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने,जेब्रा क्रसिङमा रोक्ने,फुटपाथमा साइकल चलाउनेलगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकलाई पनि सम्झाइ बुझाइ गरेको छ । काठमाडौंको कमलपोखरी,थापाथली,बल्खु,बुढानिलकण्ठ,नयाँबसपार्क, नागढुङगा,बौद्ध र भक्तपुरमा साइकल यात्रीलाई सम्झाइ बुझाइ गरिएको हो ।     काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।   यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुहुन र  ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन्।  

जाजरकोट : जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्।    आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्।  आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्।    २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो। २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्।   छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।

काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो।    चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन।    त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए।    चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ।    पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्।    चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ। 

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ ।   नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।   नगरको प्रतीक चिह्न (लोगो) बनाउन सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र लोगो तयार पारेर नगरमा पठाउन सूचनामार्फत अनुरोध गरेको छ ।   लोगो निर्माण गर्दा बेनी नगरको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।   सूचनामा प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगर कार्यपालिकाको कार्यालयमा पठाउनुपर्ने नगरपालिकाले जनाएको छ ।   नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले छनाेट समितिले उत्कृष्ट लोगो चयन गर्ने र छनाेटमा परेका डिजाइनकर्तालाई कदरपत्रले सम्मान गरिने बताउनुभयो ।

काठमाडौं:    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ । अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजाना अन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिम बहादुर लामिछानेले बताए । स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयोग पुर्याउने व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।

पोखरा:   परापूर्वकालदेखि रुपाको सिस्टेनीमा लाग्दै आएको सिस्टेनी मेला ०५० सालपछि एकाएक बन्द भयो । चैते दशैको अवसरमा सञ्चालन हुने सिस्टेनी मेला स्थानीयले असुरक्षा महशुस गर्दै आयोजना गर्न छोडे ।  कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६, ७ र ८ का जमनकुनाका स्थानीयहरुले आयोजना गर्ने सिस्टेनी मेला कास्कीको विभिन्न तालमध्ये रुपाताल नजिक लाग्ने मेला थियो ।   पर्यटकीय आकर्षणको रुपमा रहेको रुपातालको प्रचारप्रसारसँगै सिस्टेनी मेलाको महत्व बुझ्न थालेका स्थानीयले २४ वर्ष पहिले बन्द भएको मेला ०७४ मा पुनः सुरु गरे । स्थानीयले चैते दशैको अवसरमा ठुलो मेला आयोजना नगरेपनि चैते दशैको अवसरमा नै साना कार्यक्रम भने सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् ।  समयमने परिवर्तनसँगै सभ्य समाज र चेतनशील नागरिकबाट लोप हुँदै गएको सिस्टेनी मेलालाई शान्तिरुपा बराहथोक तमु युवा परिवारले पहिलो पटक २०७४ सालमा प्रथम सिस्टेनी मेला भनेर प्रतियोगितासहित मेला सञ्चालन गरेपछि हराउँदै गएको मेला पुनः सञ्चालनमा आएको हो ।  रुपाताल किनारमा प्रथम सिस्टेनी मेला आयोजना गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारले विश्वभर फैलिएको कोरोना भाइरसको कारण मेला सञ्चालन गर्न नसकेको स्थानीय तुलबहादर गुरुङले बताए ।  उमेरले ७२ वर्ष पुगेका गुरुङले मुसुक्क हास्दै भने ‘१८ वर्षको उमेरमा भर्ती देखिए, लाहुरे भएर सिस्टेनी मेलामा आएको अनुभव मनमा ताजै छ, लोप भएको मेला पुनः सञ्चालन गर्न युवासँगै अगाडि बढेको छु ।’ बन्द हुनुपूर्व मेलामा स्थानीय युवाहरुले सेउलाले घेरेर टहरा निर्माण गरेर त्यही टहराबाट एक रुपैयाँसम्मको भाडा उठाएको अनुभव समेत सुनाए ।   कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६,७ र ८ का जमनकुनाका स्थानीय युवाहरुले चैते दशै (नवमी र दशमी) को दिनमा आयोजना गर्ने मेलालाई केन्द्रीत गरेर ९० देखि १ सय वटा सम्म सेउलाले घेरेरे टहरा निर्माण गरेर रुपाताल किनारमा मेला सञ्चालन गरेको स्थानीय गुरुङले बताए ।  चैते दशैको अवसरमा रुपातालको सिस्टेनी मेलामा तनहुँ, लमजुङ, पर्वत र स्याङ्जा जिल्लाबाट मेला अवलोकनमा आउने स्थानीय गुरुङ बताउँछन् । ‘सिस्टनी मेलामा तनहुँ, लमजुङ,पर्वत र स्याङ्जा लगायतका स्थानीयहरु मेलामा आउथे, मेलामा ठेलो,भजन चुड्का, ठाडो भाका र लोक भाकामा रमाउथें ।’ दुईदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न जिल्लाका व्यापारीहरुले माटाका घैँटो, हण्डा, आँसी, कुटो, कोदालो, बन्चरो हलोको फालीसँगै स्थानीय उत्पादनबाट बनेका सेलरोटी, चिया, तरुल, बागलुङ्गे भट्टा, चिउरा, कोदोको लोक्कल रक्सी र तान्द्रेको गाभाको अचार लगायतको वस्तुहरुको विक्री वितरण हुने गर्दथ्यो ।  विस्तारै गाउँदेखि शहरतर्फ बसाईसराई गर्ने क्रम बढेपछि लोपउन्मुख मेलामा पुगेको मेला स्थानीयले तत्कालिन समयमा असुरक्षाको महशुस गर्दै मेला गर्न छोडेको स्थानीय गुरुङ नै बताउँछन् ।  चैत १५ देखि १७ सम्म दोस्रो सिस्टेनी मेला कोरोना भाइरसका कारण रोकिएको सिस्टेनी मेला शान्तिरुपा बराहथोक तमु युवा परिवारले चैत १५ देखि १७ गतेसम्म कास्कीको रुपा गाउँपालिका ६ रुपातालमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित दोस्रो सिस्टेनी मेला आयोजना गर्दै छ ।  विभिन्न कारणले रोकिएको सिस्टेनी मेलालाई चैते दशैको अवसरमा चैत १५ देखि १७ गतेसम्म प्रतियोगितासँगै मेला आयोजना गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए ।  ‘लोप हुँदै गएको मेला २०७४ सालदेखि सुरु ग¥यो तर विश्वभर फैलिएको कोरोना भारइसका कारण निरन्तरण दिन सकेनौं, गुरुङले भने, ‘तालको शहरले चिनिएको पोखरासँगै रुपतालको प्रचारप्रसार गर्न चैते दशैको अवसरमा दोस्रो सिस्टेनी मेला आयोजना गरेका छौं ।’ उनका अनुसार दोस्रो सिस्टेनी मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना गरेको छ ।  साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले १५ हजार र अनुशासित समूहले ५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्वरले ट्रफी र जर्सी पुरस्कार पाउने छन् । भने भलिबलमा सहभागिता हुन ५ हजार दर्ता शुल्क निर्धारण गरेको छ ।  दोस्रो सिस्टेनी मेलामा छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताका विजेताले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मेलामा ६ लाख २४ हजार आम्दानी हुने आयोजकले जनाएको छ भने, ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।