फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

बागलुङ:    जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा फरार प्रतिवादी बमबहादुर रानालाई प्रकाउ गरेको छ ।  जिल्ला अदालत बागलुङले ०७६/२/२१ गते जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा बमबहादुरलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार भएका प्रतिवादीलाई आज प्रहरीले प्रकाउ गरेको हो ।  बागलुङको काठेखोला गाउँपालिका १ पाला घर भएका बमबहादुरलाई दोबिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।    अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार (आज) हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।   वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार रहेको छ ।   सोही अन्तरगत वर्ष उत्कृष्ट खेलाडी (महिला)को विधामा फुटबलकी भण्डारीले अवार्ड जित्न सफल भइन्  । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी लमजुङकी हुन् । उनीसँगै आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए ।   स्कुटर हस्तान्तरण गर्दै मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले खेलाडीको मनोवल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । हस्तान्तरण कार्यक्रममा मञ्चका कावा अध्यक्ष सुरज क्षेष्ठ, अवार्ड प्राप्त गर्ने खेलाडी सावित्रा भण्डारी, टेल्जी नेपालको पोखरा शाखा प्रमुख हिरा कोइराला, वरिष्ठ खेल पत्रकार सुदर्शन रञ्जित, मञ्चकी कोषाध्यक्ष कविता घर्ती मगर, मञ्चका कार्यवाहक सचिव राजु गिरीलगाएतको उपस्थिति रहेको थियो ।   मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । खेलाडीलाई उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ  ।  

पोखरा:  पोखरामा सम्साँझै सुनका गरगहनासहित नगद चोरी भएको छ ।   पोखरा महानगरपालिका ५ धारापानीस्थित दुइवटा घरबाट गत १८ गते सुनका गरगहना, डलरसहित करिब ५० हजार बढी नगद चोरी भएको हो ।   वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेद जोशीका अनुसार जेठ १८ गते बेलुकी ६ बजेदेखि ८ बजेको समयमा चोरी भएको थियो ।    डिएसपी जोशीले शिब कुमारी गुरुङकोबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको बताए ।    उनका अनुसार अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार रुपैयाँ,  रेखा गुरुङकोबाट औँठीहरु र यूएस डलर, यस्तै मनमाया गुरुङकोबाट नौगेडी माला,  माइली तिलहरी र औँठी चोरी भएको थियो ।   डिएसपी जोशीले ४ वटाकोठाबाट करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको जानकारी दिए ।   उनले सो घटनामा संलग्न हुन सक्ने संभावित व्यक्तिहरुलाई निगरानीमा राखको बताए । ‘यही गको १८ गते बेलुकी ६ बजेदेखि ८ बजे भित्र भएको घटना हो । घरधनीहरु त्यो समयमा पार्टीमा गएका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘हामीले सुक्ष्म तरिबाले घटनाको अनुसन्धान गरिरहेका छौं । छिटै अपराधी समक्ष पुग्छौ ।’   उनले सो प्रकृतिको घटनामा संलग्न पहिलेका व्यक्तिहरुलाई निगरानीमा राखेको दोहोर्याए । ‘हामीले विभिन्न कोणबाट अप्रेशन थालेका छौं, डिएसपी जोशीले भने, ‘क्लु नजिक नजिकै छौ । संकास्पद व्यक्तिहरुलाई केरकार पनि गरिरहेका छौ ।’   चोरी भएको समयमा घरधनीहरु पार्टीमा गएको बताइएको छ ।    

पोखरा:    पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्राले स्कुलको चारतला माथिबाट हामफाल्दा घाइते भएकी छिन ।  पोखराको ८ बगालेटोल बस्दै आएकी भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय छात्रा निलमले हामफालेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।  जिप्रका कास्कीकाअनुसार आज बिहानी कक्षा लिन स्कुल पुगेकी निलमले करिब ५:५५ बजे हामफालेकी हुन् । उनको मणिापाल अस्पतालमा उपचार भइरहेको छ ।  कास्की प्रहरी सुत्रका अनुसार शाहले स्कुलमा केही दिन अगाडि पनि हामफाल्ने कोशिस गरेको र स्कुलले सम्बन्धित अभिभावकलाई जानकारी गराएको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  स्कुलले भने निलम झुक्किएर खसेको जनाएको छ ।  (छात्राको वास्तविक नाम गोप्य राखिएको छ ।)

पोखरा:   पोखरामा एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय ऐनक्स थापा रहेका छन् ।   पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले संचालन गरेको मिरर हाउससँगै रहेको स्विमिङ पुलमा शनिबार ऐनक्स पौडी खेल्ने पुगेका थिए ।    सोही क्रममा डुबेका उनलाई उपचारका लागि दीप अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।   सो घटनाबारे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

काठमाण्डौ:  कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ ।    पहिरो जाने क्षेत्रमा अहिले विस्तृत  ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ ।    ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताउनुभयो । पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि नै ती काम अघि बढाइने उहाँको भनाइ छ ।    उहाँले भन्नुभयो भित्तामा पहिले पहिरो रोकथाम र सडकमा पनि ढलान गर्नुपर्ने भएमा लगानी बढी हुनसक्छ । आउँदो वर्षको लक्ष्य बाँकी रहेका क्षेत्रमा काम अघि बढाउने योजना रहेको उहाँले बताउनु भयो । ती क्षेत्रमा विस्तृत पहिरो रोकथाम गरेर सडक बनाउने गरी अघि बढाउन लागिएको उहाँको भनाइ छ ।   यस्तो सडकमा मकवानपुर जिल्लातर्फ साढे दुई किलोमिटर र ललितपुरमा साढे दुई किलोमिटर रहेको छ ।  ललितपुरतर्फ अझै पनि कतिपय खण्डमा कालोपत्र गर्न सकिने ठाउँमा गर्दा त्यो लम्बाइ अझै घट्नसक्ने जनाइएको छ। अब स्तरोन्नतिमा जान बाँकी खण्डमा पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र रहेको छ । ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँ–ठाउँमा यो समस्या बढी रहेको योजनाले जनाएको छ ।    विशेषगरी छपेली पर कार्कीवास क्षेत्रमा बढी रहेको छ । त्यो क्षेत्रमा स्तरोन्नतिका लागि अनुमान गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको उहाँले बताउनुभयो । योजना प्रमुख न्यौपाने भन्नुभयो, अहिले बहुवर्षीय सहमति नआएर रोकिएको छ ।    झन्डै छ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग अझै सम्पन्न भइसकेको छैन । अहिलेसम्म समस्या नभएका ठाउँमा कालोपत्र भइसकेकामा पहिरो आउने सम्भावित क्षेत्रमा मात्रै काम गर्न बाँकी रहेको छ।केही वर्षयता भीमफेदीबाट फर्पिङ आउने बाटोसँगै कान्ति राजमार्गको प्रयोग बढिरहेको छ ।   

बुटवल:  रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।   दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा ३ शान्तिकुन्जमा दुर्घटना भएको हो । जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ  र ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।   घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनकारी दिएका छन्।

धनगढी:  कैलालीमा बुहारीको ज्यान लिएको आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।   कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिएका छन् ।   प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ । शव गाडिसकेपछि उनीहरुले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरु फरार भएको प्रहरीको भनाइ छ । २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   मृतक कविताका श्रीमान भने विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका छन् ।   

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । २५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो ।  सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं।९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे« ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए ।  ‘यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ । किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई  लाग्ने महको रुपमा पनि लिईन्छ’ उनले भने, ‘यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’  उनका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए । मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोक दिने प्रचलन पनि चल्दै आएको छ ।