पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    पोखरामा बिहीबार देखि सुरु भएको गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा जारी प्रतियोगितामा सेमिफाइलनमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वतले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।  पहिलो क्वाटरफाइनल खेलमा समूह ‘ए’को विजेता जिल्ला भलिबल संघ म्याग्दीले समूह ‘सी’को उपविजेता मनाङलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  म्याग्दीले २५–२ र २५–१८ ले मनाङलाई सोझो सेटमा पराजित गरेको हो ।  यस्तै दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘डी’को उपविजेता जिल्ला भलिबल संघ बागलुङले समूह ‘ए’को विजेता गोरखालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  यस्तै तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘सी’को विजेता जिल्ला भलिबल संघ स्याङ्जाले समूह ‘ए’को उपविजेता कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  स्याङजाले २५–२१ र २५–१९ ले कास्कीलाई पराजित गरेको हो ।    क्वाटरफाइनलको चौथो खेलमा समूह ‘डी’को विजेता जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  पर्वतले २५–१३ र २५–१२ ले नवलपुरलाई पराजित गरेको हो ।  शनिबार बिहान हुने पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ बागलुङ र म्याग्दी दोस्रो सेमिफाइलनमा खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतको बिचमा प्रतिस्पर्धा हुनेछ ।  शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका चार खेल सम्पन्न भएको थियो ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको छ । 

पोखरा:   आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि,धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ ।  पोखरा पर्यटन परिषद्ले १८ वर्षदेखि मनाउँदै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा महानगरपालिका १३ कसेरीमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा १८ औं असारे रोपाइँ महोत्सव आयोजना ग¥यो ।  परिषद्ले आयोजना गरेको १८ औं असारे रोपाइँ महोत्सवमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत असारे रोपाइँ महोत्सवमा सहभागिता जनाए ।  नेपालीहरुलाई कृषि उत्पादनमा जोड्न र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित परिषद्ले प्रत्येक वर्ष असारे रोपाइँ महोत्स गरेको जनाएको छ ।  रोपाइँ महोत्सवका अवसरमा पोखरेलीसँग आन्तरिक तथा बाह्य पर्यटकहरुले कसेरीमा फाँटमा एकआपसमा असारे हिलो छ्यापछ्याप गरे असारे रोपाइँ महोत्सवमा मनाएका छन् ।    तस्वीरमा हेरौं                 

साउदी अरबमा बुधबार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ ।    ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ ।   नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो ।   साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् ।   घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ । 

काठमाण्डौ:  पछिल्लो समय नयाँ राहदानी ९पासपोर्ट० लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।    राहदानी विभागका अनुसार गएको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।   एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको अहिलेसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैतमा एक लाख ४२ हजार र वैशाखमा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।   प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ ।    ६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

बिराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् ।   विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको भन्दै उनले अघि भने, ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।’   एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भएपनि त्यसका लागि तयार रहेको बताए ।   तर सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उनको चेतावनी छ । कार्कीले अघि भने, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’

कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।   बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका(३ देउराली मोडमा दुर्घटना भएको हो।   दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी  मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।   घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो।     दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी  घलेले जानकारी दिए।

बुढ्यौलीतर्फ ढल्कदै गरेको उमेर र सेताम्य हुदै गएको कपालले मुक्ता सिंहलाई गृहणी बनेर चुपचाप घर रोकिराख्न सकेन ।      अंग्रेजी विषयमा मास्टर्स सकेपछि मुक्ताको बिहे भारतीय वायुसेनाका पाइलटसँग भयो । त्यसपछि उनको दैनिकी बालबच्चा हुर्काउनमै सिमित भयो ।    हाल भारतको राजस्थान निवासी मुक्ता श्रीमान रिटायर्ड भएपछि जीवनलाई केही फरक शैलीमा अघि बढाउन चाहन्थिन् । मुक्ता भन्छिन् ‘म सँग समय प्रशस्त भयो, मैले फेशन र फिटनेशमा ध्यान दिए ।’   उनले भारतीय मिडिया बेटर इन्डियासँग कुरा गर्दै आफै एकोहोरी शैलीको जीवन बाँच्न नचाहेको र उमेर गएपनि इच्छालाई पुरा गर्न अघि बढेको बताएकी छिन् ।      यस्तैमा एक विवाह पार्टीमा उनको सेतो कर्ली कपाल र खैरो रंगको साडीले सबैलाई आकिर्षत ग¥यो । जुन परिधानलाई अत्यधिक रुचाइयो ।    उनले आफ्ना फेशन र फिटनेशसँग सम्बन्धित तस्बिरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गर्न थालेपछि मुक्त एजेन्सीको नजरमा परिन् । र, उनलाई ¥याम्पमा उत्रने अवसर मिल्यो ।   ‘निश्चित उमेरमा पुगेपछि हामी आफुलाई एउटै ढर्रामा हिँडाउन चाहन्छौं’ ५८ वर्षीया मुक्ता भन्छिन् ‘आफ्नो पहिचान बनाउन र आर्थिकरुपमा निर्भर हुन फरक सक्रियता आवश्यक हुन्छ ।’   सेतै हुँदै गएको कपालमा कालो रंग लगाउन छाडेपछि आफुमा आत्मविश्वास बढेको भन्दै उनले आफुलाई झन् फिट र स्टाइलिस देखिएको बताएकी छिन् । उनले उमेर, कपाल र पहिरनकाकाण कसैले पनि आफ्नो मजाक नगरेको उल्लेख गरिन् ।   ‘अहिले परिवार झन् खुशी छ र मलाई सपोर्ट गरिरहेका छन्’ मुक्ताले सुनाइन् । 

काठमाण्डौ:  लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ ।   हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।   पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।   यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।   काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ । 

काठमाडौं:   ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताउनुभयो ।  ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।  धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ ।  कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताउनुभयो । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको बताउनुभयो । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।   चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ ।    आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।