सांसद बरालकाे माग- 'स्नातक तहको प्रश्नपत्र नेपाली बनाऔं'
पाेखरा | असार १९, २०८०
पोखरा: गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले स्नातक तहको प्रश्नपत्र नेपालीमा बनाउन माग गरेका छन् ।
प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्यमा समयमा बोल्दै सांसद बरालले स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्गेजी र उत्तर नेपालीमा दिने व्यवस्था छ अब प्रश्नपत्र पनि नेपालीमा हुने व्यवस्था गर्न माग गरेका हुन् ।
‘स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा, उत्तर नेपालीमा दिन पाइने व्यवस्था छ’, सांसद बरालले भने, ‘यो प्रश्नपत्र अङ्ग्रेजीमा हुने कुराले विद्यार्थीहरुले आफ्नो ज्ञान प्रस्फुटन गर्न अप्ठेरो भएकाले यो प्रश्नपत्र पनि नेपाली विषयमा बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहान्छु ।’
यसअगाडि संघीय संसदमा पनि प्रश्नपत्र नेपालीमा बनाउन सांसदले माग गरेका थिए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

