विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

पोखरा: तमु धिं नेपाल केन्द्रिय आमा समितिको अध्यक्षमा पवित्र देवि गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न आमा समितिको दशौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनले आमा समितिको वरिष्ठ उपाध्यक्षमा ऐनशोभा गुरुङ, प्रथम उपाध्यक्षमा  बिना गुरुङ, द्धितिय उपाध्यक्षमा बालकुमारी गुरुङ, महासचिवमा बालकुमारी गुरुङ, सचिवमा विष्णुकुमारी गुरुङ, सहसचिवमा रेखिमाया गुरुङ, कोषाध्यक्षमा आसकाशी गुरुङ, सहकोषाध्यक्षमा बिमला गुरुङ निर्वाचित हुनुभएको छ। यसरी नै कार्यसमिति सदस्यहरुमा श्रीमाया गुरुङ, नन्दा गुरुङ, टिका गुरुङ, कुन्तीदेवी गुरुङ, तारादेवी गुरुङ, मनकुमारी गुरुङ, ताराकुमारी  गुरुङ, चित्रा गुरुङ, जगनसुवा गुरुङ, तारा गुरुङ, दिलमाया गुरुङ रहनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचत समितिका संयोजक तमु धिं नेपालका अध्यक्षका हुमबहादुर गुरुङले सपथ ग्रहण गराउनुभएको थियो भने निर्वाचन समितिमा कोषाध्यक्ष गमबहादुर गुरुङ, आमा समितिकी संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङ, बाँझापाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ र तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.तमबहादुर गुरुङ रहनुभएको थियो।​ नवनिर्वाचित अध्यक्ष पवित्रदेवी गुरुङले सबै तमुहरुलाई संगठित, आमा दिदिबहिनीलाई एकिकृत एवम सबल र तमु धिं नेपाललाई अग्रगतिका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिको तर्फबाट बाँझापाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सबै तमुहरुको एकताबाटै शक्ति निर्माण हुने भन्दै एकताका लागि आग्रह गर्नुभयो। उहाँले तमुहरुको एकता बिना हाम्रो सामुहिकता, अधिकार प्राप्ति र राज्यमा पहुँच नपुग्ने भएकाले एकता अपरिहार्य भएको बताउनुभयो। उहाँले तमुहरु मुलुकलाई सद्भावमय बनाउन, सँस्कृतिमय बनाउनका लागि सधै सकरात्मक रुपले जुटिरहने विश्वास व्यक्त गर्नुहुदै गण्डकी प्रदेश सरकारले तमु भाषा संरक्षण र प्रवद्र्धनका लागि बजेट विनियोजना गरेको बताउनुभयो। प्रमुख अतिथि गुरुङले संघीयताकै कारण आदिवासी जनजाति समावेशी कोटाबाट आफुहरु प्रदेश सभा सदस्य भएकाले समुदायको भावनालाई आत्मसात गर्दै निति, विधी, ऐन, कानुन बनाउन आफुहरुको विशेष भुमिका रहने बताउनुभयो।  विशेष अतिथि बेलायतको बार्नेट लण्डनका निवर्तमान उपमेयर तथा वर्तमान कान्सिलर लक्ष्य गुरुङले आमाहरु मुलधारमा आउनु पर्नेमा जोड दिनुभयो। महिलाहरु इमान्दार, सहशील र लगनशील हुने भई जिम्मेवारी बहन गर्ने भएकाले आमाहरुले हरेक क्षेत्रमा अगुवाई गर्नुपर्दछ भन्नुहुदै राष्ट्रसंघको एक प्रतिवेदन नेपालका आमा समुह समाज विकासका लागि उदाहरणीय भएकाले अब तमु दिदिबहिनीहरु मुलुककै नेतृत्वका लागि तयार रहनुपर्ने बताउनुभयो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै आमा दिदिबहिनीहरु समाज विकास र नेतृत्वका लागि सरिक हुनुपर्ने बताउनुभयो। उहाँले अधिकारप्रति सचेत, अधिकार प्राप्तिका लागि आवाश्यक परे आन्दोलित र विभेद अन्त्यका लागि तमुहरुको एकता, आमा दिदिबहिनीहरुको सकृयता जरुरी रहेको उहाँको भनाई थियो। कार्यक्रममा जेष्ठ आमा याङजाकोट तमु समाजकी लक्ष्मी गुरुङ, वर्षको उत्कृष्ठ सदस्य फूलवारी तमु समाजकी धनमाया गुरुङ र सक्रिय आमा समुहबाट सिद्धार्थ तमु समाज आमा समिति सम्मानित गरिएको थियो। यसरी नै नवनिर्वाचित क्षेत्रीय आमा समितिहरुलाई बधाई एवम सम्मान, युकेका निवर्तमान उपमेयर तथा वर्तमान काउन्सिलर लक्ष्य गुरुङलाई विशेष सम्मान, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ हालै पुरस्कृत भएकोमा बधाई, आमा समितिकी द्धितिय उपाध्यक्ष ऐनशोभा गुरुङ लायन्स क्लव अफ बाराहीको अध्यक्षमा निर्वाचित भएको बधाई, कार्यक्रममा खाजा प्रायोजन गर्ने चिउली पाचे तमु समाज र खानेपानी प्रायोजक सिमपानी तमु समाजका अध्यक्ष गंगाबहादुर गुरुङलाई सम्मान गरिएको थियो। आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा महासचिव बिना गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। कार्यक्रममा तमु ह्युल छों धिं गुरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष सिता गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति अध्यक्ष तिलकुमारी गुरुङ, क्षेत्रीय समाजका अध्यक्षहरुका तर्फबाट लमजुङ समाजका अध्यक्ष देवबहादुर गुरुङ, आमा समितिकी संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आमा समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए भने कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्रदेवी गुरुङले स्वागत, संचालन महासचिव बिना गुरुङ र सहसचिव बालकुमारी गुरुङले गर्नुभएको थियो।

काठमाडौं:  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सञ्चालन गर्दा २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भएको छ।   साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक जारी छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूका प्रश्नका जवाफ दिएपछि बैठक सक्ने तयारी छ।   एक जना पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय समितिका लागि २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भइसकेको छ।   पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले केन्द्रीय समिति गर्दा २१ लाख १५ हजार ५ सय खर्च भएको बैठकमा जानकारी गराएका छन्।   माओवादीले केन्द्रीय सदस्यबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क उठाएको थियो। केन्द्रीय समितिमा ४०७ जना केन्द्रीय सदस्य र अरू गरी जम्मा ७८० जना सहभागी थिए।   उनीहरूलाई खाजा र पानीको व्यवस्थापन पार्टीले नै गरेको थियो। तर बसोबासको व्यवस्था आफैं गर्न भनेको थियो।   माओवादीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भाडामा लिएर केन्द्रीय समिति बैठक गरेको हो। आज पाँचौं दिन पनि केन्द्रीय समिति बैठक बस्दैछ।

पोखरा:    पोखरा लखनचोकस्थित हङकङ बजारका सटरमा ‘टेण्डर सेण्डर जान्दैनौं’ ठेकेदार हामी मान्दैनौ, गुडलक कम्पनीलाई हङकङ बजारमा प्रवेश निषेध लेखिएको कालो क्यानर टाँगिएको छ ।  कृषि सामग्री कम्पनीले हङकङ बजारको जग्गालाई बोलपत्र आह्वान गरेपछि विगत १ सय दिन यता पोखरा हङकङ बजारका व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।  कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय गण्डकीको करिब ७  रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा पोखराको फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई २०६९ सालमा विभिन्न राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय र स्थानीयको सहमतिमा उक्त जग्गामा स्थानान्तरण गरिएको थियो  । फुटपाथमा व्यवसायी गर्दै आएका व्यवसायीहरुलाई त्यस जग्गामा स्थानात्तर गर्नुपूर्व नै कृषि सामग्री कम्पनीले मिलन प्रसाद तिवारीलाई जग्गा भाँडामा दिएको जनाएको थियो । तिवारीले जग्गा भाँडामा लिदा कृषि सामग्रीसँग गरेको सम्झौता ०७८ माघमा सकिएको थियो । तर हङकङ बजार व्यवसायी र तिवारीबीच २० प्रतिशत भाँडा वृद्धिदर गरी भाडा बुझाउने सहमति भएको कार्यालयले जनाएको छ ।  यसैबीच गुडकल कम्पनीका निर्देशक मिलन प्रसाद तिवारीले हङकङ बजारको भाडा गुडकल कम्पनीले नभएर राज्यले बढाएको बताए ।  निर्देशक तिवारीले व्यवसायीहरुलाई कटाक्ष गर्दै सुनको मूल्य भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै पृथ्वीचोकमा व्यवसायी गर्ने व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत भएको बताए ।  ‘पोखराको मध्य भागमा बजार छ, छिमेकी व्यवसायीहरुले तिरेको भाडा र हङकङ बजारको भाडा हे¥यौं’, तिवारीले भने, ‘नुनको मूल्य सुन भन्दा महङ्गो हुन लाग्यो, व्यवसायीले पृथ्वीचोकमा बसेर भाडा तिदैनौ भन्नु गलत हो ।’ उनले हङकङ बजारको भाडा गुडलक कम्पनीले नभएर सरकारले नै बढाएको दोहो¥याए । हङकङ बजारको भाडादर समय सान्दर्भिक भएकाले व्यवसायीहरुसँग नै बसेर नयाँभाडादर कायम हुने गुडकल कम्पनीका निर्देशक तिवारीले बताए ।  ‘पहिले पनि व्यवसायीहरुसँगै काम गरेको छु, अरु भन्दा म नै आउँदा सजिलो हुने भएकाले टेण्डरमा भाग लिए’, उनले भने, ‘व्यवसायीहरुले व्यवसायी गर्ने हो, आन्दोलन गर्ने होइन, नयाँ भाडादर कम्पनी, व्यवसायी र नागरिक समाजको रोहबरमा कायम हुन्छ ।’ उनले पोखराको हङकङ बजार ब्राण्ड भएकाले मेला महोत्सवमा जान आवश्यक नभएको भन्दै बजार सञ्चालन गर्दा ४ सय व्यापारी आएकाले बजार ब्राण्ड बनेको दाबीसमेत गरे ।  हामी प्रक्रिया अनुसार अगाडि बढेका हौं: कृषि सामग्री केन्द्र  कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय पोखराका कार्यालय प्रमुख ठाकुर प्रसाद बास्तोलाले प्रक्रिया अनुसार नै अगाडि बढेकाले पछि नहट्ने बताए ।   ‘हामी सार्वजनिक खरिद ऐन अनुसार नै अगाडि बढेका छौं, अब पोखरा हङकङ बजार व्यवसायी र गुडलक कम्पनीबीच सहमति गर्नुको अरु विकल्प छैन’, बास्तोलाले भने ।  कृषि सामग्री कम्पनीले सार्वजनिक गरेको बोलपत्रमा भाग लिएको विभिन्न कम्पनी मध्ये पहिलो र दोस्रो पक्षले टेण्डर प्रक्रियामा उपस्थित नभएपछि तेस्रो पक्ष गुडलक कम्पनीले उक्त जग्गा भाडामा लिएको हो ।  गुडलक कम्पनीले मासिक १५ लाख ५६ हजार ५ सय ५६ रुपैयाँ कृषि सामग्री कम्पनीलाई बुझाउने गरी ७ रोपनी जग्गा भाडामा लिएको प्रादेशिक कार्यालय पोखराका प्रमुख बास्तोलले बताए ।  

विराटनगर:     कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भइरहेको छ ।  राप्रपालाई फकाएर सरकार बनाउने प्रयास विफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुङ्गो नलागेसम्म तत्काल राजीनामा नगर्ने अडानमा हुनुहुन्छ । आज बेलुकासम्ममा बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्नु हुनेछ ।  गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो । सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो । 

काठमाडौं:     सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।  न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।   तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

काठमाडौं:   ललितपुरको चापागाउँ दोबाटोस्थित ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई रहेका छन् ।   चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए ।  त्यसपछि उनी फरार थिए ।    पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

इटहरी:   सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ।   शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।   गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए।   चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्।   ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गो?ली प्रहार गरेका थिए।   गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ।   युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएको हो।   धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ।   घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।

काठमाडौं:   बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन्।   प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।   २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।   उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो।   ‘​​​पहिलोपटक चेतावनी दिन्छौँ। दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले भने।   २०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।   तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन। बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक दुई/चार जना प्रहरी कारबाहीमा परिरहने डिआइजी कडायतले जानकारी दिए।

विराटनगर:   नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।  थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।