काठमाडौंमा पेस्तोलसहित २४ वर्षीय खड्का पक्राउ

काठमाडाैं | कात्तिक ११, २०८१

काठमाडौंमा पेस्तोलसहित २४ वर्षीय खड्का पक्राउ

काठमाडौं:   नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा  दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्का रहेका छन् ।

 

उनलाई शनिबार राति १ थान पेस्तोल र खाली म्याग्जिन १ थानसहित प्रहरीले पक्राउ गरेको हो । 

 

अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले पक्राउ गरिएका  खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्