पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

गण्डकी:    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो । “कतिपय दलहरुले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो रु”, महामन्त्री शर्माले भन्नुभयो,“२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरुबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो ।  महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

दाङ:  दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएको छ ।  तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।  टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।    उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिइएको बताए ।  निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ।  त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए।  भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपियाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ।  उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले दल दर्ता गर्ने निर्णय गरेको छ।  उम्मेदवार बनाउँदा हस्ताक्षर सभापति शेरबहादुर देउवाको चल्ने भन्ने निर्णय भएको छ।  यसको सम्पूर्ण व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ।  केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्दैछौँ।  विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्नुपर्ने हुन्छ। ’’ नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले पार्टीका विधानमा रहेका केही अनुसूचीहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताए।  उनले बारामा शिक्षकको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको बताए ।  उनले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिए।  यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो।  तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्म पु¥याएको थियो।  उहाँले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको बताए।  

काठमाडौं:   नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ । 

पोखरा:   गण्डकी प्रदेश मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङ (मनाङ्गे)ले मनाङको विकाशको विकासका लागि बजेट दिन माग गरेका छन् ।    प्रदेश सांसद मनाङ्गेले गण्डकी प्रदेशमा मन्त्री पद नदिएपनि मनाङको विकासको लागि आवश्यक बजेट दिन माग गरेका हुन् ।    उनको प्रदेशको मन्त्री बन्ने मोह नरहेको स्पष्ट पारे ।        मनाङ १ (ख) बाट निर्विरोध निर्वाचित सांसद मनाङ्गेले मन्त्री बन्नकै लागि एकिकृत समाजवादी पार्टी प्रवेश गरेको हो भन्ने प्रश्नमा समाजवादीका अध्यक्ष नेपालको अनुहार हेरेर पार्टी प्रवेश गरेको तर्क गरे ।   ‘म हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको अनुहार हेरेरै समाजवादी पार्टी प्रवेश गरेको हो’, सांसद मनाङ्गेले भने, ‘प्रदेशमा कसलाई मन्त्री बनाउने भनेर केन्द्रमा तीन जनाले टुङ्गाउँछ, मलाई मन्त्री पद होइन, मनाङको विकासको लागि बजेट दिए हुन्छ ।’   उनले आफु मन्त्री नभएकोमा अनावश्यक टेन्सन नलिनसमेत आग्रह गरे ।    ‘कसलाई कहाँ मन्त्री बनाउने टुङ्गो केन्द्रले टुङ्गाउछ, मलाई किन गण्डकीमा मन्त्री बनाएनन् भनेर केन्द्रमा सोध्नुहोला’, उनले भने ‘हामीले समर्थन गरेर प्रदेशमा मुख्यमन्त्री बनाएका छौं, मलाई किन मन्त्री बनाएर भनेर अनावश्यक टेन्सन नलिनु होला, केन्द्रमा सोध्नुहोला ।’   उनले मन्त्री भएर झण्डा हल्लाउने काम मात्र भएको टिप्पणी दिएका थिए ।  

नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।   हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।   यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत  गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ ।   भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।    

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।  अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।  उनका अनुसार बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनमा दलको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।  दलका नेता तथा रास्वपा सभापति रवि लामिछाने बेलायतमा छन् । उनको अनुपस्थितिमा बैठकको अध्यक्षता कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् । 

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।  मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२:१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।

पोखराः  नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को कास्की आइपुगेको छ ।  मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली कास्की प्रवेश गरेको हो ।     ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोलीलाई कास्की र पर्वतको सिमाना नयाँपुलमा स्वागत गरिएको एमाले कास्कीका उप–सचिव एवम् प्रचारप्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।  नयाँपुलपछि अन्नपूर्ण गाउँपालिकाका नागडाँडामा स्वागत र पोखरा महानगरपालिका २५ मिलचोक हेम्जामा स्वागत एवम् भेटघाटको कार्यतालिका रहेको छ ।