गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

पोखरा:   नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।  पोखरामा आज (मंगलबार) बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारीको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेको हो ।  नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भूकम्प पीडित राहत कोषमा प्रदेश सांसदको १५ दिनको तलव सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् ।  कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ । 

दमौली:  १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।      ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो ।   सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुन: सेती नदीमा खसालिएको छ ।    सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ ।   जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी   छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरे ।   अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ ।    उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । ‘नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ,’ उनले भने ।     विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण फड्को भएको बताए ।    विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुपताकासाथ काम भइरहेको बताए ।    ०८३ असारभित्र सक्ने लक्ष्य ​   आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।   आयोजनाको मुख्य निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम भइरहेको छ । पहिलो चरण अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।   निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।   आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो चरणको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।    निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि  आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।   भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।   तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।   आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।   यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।   कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

मुस्ताङ:  स्थानीयलाई लक्षित गरी तिहारको छेको पारेर मुस्ताङको कोरला नाका खोल्ने तयारी भएको छ ।   नेपाल– चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका चीन सरकारको आमन्त्रणमा यही कात्तिक २७ गते सीमा खोल्ने तयारी भइरहेको गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इनद्रधारा विष्टले जानकारी दिए ।   उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाकाको नोपली समयानुसार बिहानको १० बजे र चिनियाँ समयानुसार दिउसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ ।   पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यावसाय गर्न पाउने एक प्रहरी अधिकृतले बताए ।   ‘एक खालको छलफलपछि हामी तयारीमै छौं, मौखिक कुरा भएपनि पत्र नै आएको छैन, ति प्रहरी अधिकृतले भने, ‘भन्सार नै चल्ने गरी खुल्न लागेको होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी हो ।’   सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।    जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।   केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षिद बनेका छन् ।    

बागलुङ:   बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो।   दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।    ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

कास्की:  माछापुच्छ्रे गाउँपालिकाले अघिल्लो शुक्रबार पालिकाभित्र रहेका पर्यटकीयस्थलमा पदमार्ग जान आन्तरीक र बाह्य पर्यटकलाई शूल्क तोकेपछि त्यसको कार्यान्वयन हुन थालेको छ ।    गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारमात्रै २८ हजार २ सय रुपैैयाँ करवापत शूल्क उठेको छ । जसमध्ये ५ सय रुपैयाँकादरले बाह्य पर्यटकबाट १२ हजार ५ सय र आन्तरीकबाट १५ हजार ७ सय रुपैयाँ कर उठेको पालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।    उक्त कर अनुसार शुक्रबार २५ बाह्य र १ सय ५७ जना आन्तरिक पर्यटक पालिकाको आकर्षण मानिएको मर्दी हिमालतर्फ लागेका छन् ।      पालिकाले शूल्क लिने भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । तर पालिकाले भने पर्यटककै सुरक्षामा उक्त रकम खर्चिने जनाएको छ । विशेषतः सूचना र जानकारीमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ ।    उक्त शूल्क बुझाएपछि पर्यटकलाई प्रत्येक दिन कहाँ, कस्तो अवस्थामा रहेको जानकारी लिइने र पदमार्गमा कुनै समस्या आए त्यसको समाधानमा जुट्ने वडाध्यक्ष गुरुङले बताए ।    ‘पर्यटक पदमार्गमा अघि बढेपछि उनीहरुको जानकारी लिइन्छ, कुनै अप्ठेरो परे तत्काल समाधानको पहल गरिन्छ’ गुरुङले भने ‘बेलुकी कुन होटलमा बसे र त्यहाँ मूल्य अनुसारको सेवा पाए वा पाएनन् त्यसको जानकारी लिइनेछ ।’   त्यस्तै, पदयात्राका दौरान कुनै संकट आइपरे गाउँपालिकाले तत्काल उद्दार र राहतमा पहल गर्ने उनको भनाई छ ।      यसैबीच आज शनिबार भने पदमार्गमा पर्ने हाइक्याम्पमा स्थानीय होटल व्यवसायीहरुले पालिकाद्वारा तोकिएको करप्रति असन्तुष्टी व्यक्त गरेका छन् । व्यवसायीका अनुसार पालिकाले बिनाजानकारी कर उठाएको भन्दै पदयात्रीलाई कर नतिर्न भनेका छन् ।      व्यवसायीहरुको यस्तो रवैयाबारे जानकारी पाएपछि पालिकाको एक टोली त्यता लागेको छ । व्यवसायहीहरुले सार्वजनिक जमिनमा होटल सञ्चालन गरेको र हालसम्म कर पनि नतिरेको भन्दै पालिकाले कडा कदम चाल्ने बताएको छ ।    यता, काठमाण्डौबाट मर्दीतर्फ लागेको एक समूहले भने सय रुपैयाँमा पदयात्रीको पुरै ख्याल राख्ने र पलपलको जानकारी लिने काम प्रशंसनीय भएको प्रतिक्रिया दिएको छ । मर्दी पदयात्रा जाने पर्यटकबाट लो क्याम्पमा डेस्क राखेर शूल्क उठाइँदैछ ।   

पोखरा:  गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ ।    भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो ।   प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बताएको छ ।   प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् ।   ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ ।   मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ। शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।  

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दशैंको बिदामा मुस्ताङ भ्रमण गरेका छन् ।    परिवार र सहयोगीसाथ मुस्ताङ पुगेका राजदूत श्रीवास्तवले मुक्तिनाथ मन्दिरलगायत अन्य स्थान घुमघाम गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।    ‘धेरै जानकारी दिन त मिल्दैन, उहाँको व्यक्तिगत भ्रमण हो’ जिप्रका मुस्ताङ प्रमुख एवं डिएसपी भोजराज पाण्डेले भने ‘उहाँ दूतावासकै सहयोगी लिएर आउनु भएको हो ।’ प्रहरीका अनुसार श्रीवास्तव घुमघाम र पूजापाठमामात्र व्यस्त रहे ।     श्रीवास्तव ३ दिन मुस्ताङ भ्रमण सकेर आज बिहानै सडक मार्गमार्फत पोखरातर्फ आउँदै छन् । मुस्ताङ रहँदा राजदूतले कुनैपनि सामाजिक कार्यक्रमको आयोजना नगरेको र समुदायसँग सम्पर्क नगरेको जनाइएको छ ।   मुस्ताङ धार्मिक र पर्यटन आकर्षणमात्र नभएर कूटनीतिक हिसाबले पनि महत्वपूर्ण जिल्ला मानिएको छ ।   यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यहाँको भ्रमण गरेका छन् । चीनबाट नेपाल भित्रने कोरोला नाका उत्तरी भेगमा भएका कारण भारतले यस क्षेत्रलाई विशेष महत्व दिँदै आएको छ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक  मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै , सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन ।   उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन । त्यसैगरी प्रहरी कार्यमा सहयोग पु¥याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पु¥याउने सर्व–साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन ।  त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पु¥याउने स्थानीय तहतर्फ  स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाड गाउपालिका सम्मानित भए । ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भए भने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए

पोखरा:   गण्डकी प्रदेशसभाको चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २, नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति लिने सहमति अनुसार चार जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुने भएका हुन् ।   दलहरुको सहमति अनुसार अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । यस्तै लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका थिए । एकल उम्मेदवारी परेसँगै उनीहरू सभापति चयन हुने निश्चित भएको छ । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापतिको टुंगो लागेको थिएन । गण्डकी प्रदेश सभा सचिवालयले भने चार वटै समितिका सभापति निर्विरोध भएको घोषणा भने हुन बाँकी रहेको जनाएको छ ।