गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख...

पोखरा:   गण्डकीको मन्त्रीपरिषद्को बैठकले प्रदेशको संसद अधिवेशन वैशाख ९ गते बोलाउने निर्णय गरेको छ ।  नेकपा एमालेका खगराज अधिकारीले नेतृत्वको प्रदेश मन्त्रीपरिषद्को बैठकले वैशाख ९ गते संसद अधिवेशन बोलाउने निर्णय गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेशका प्रवक्ता रोशनबहादुर गाहामगले जानकारी दिए ।  ‘हिजो बसेको मन्त्री परिषद्को बैठकले प्रदेश प्रमुख समक्ष बैशाख ९ गते गण्डकीको संसद बोलाउने निर्णय पेश गरेका छौं, कानूनमन्त्री गाहामगरले भने, ‘संसद अधिवेशन अगाडि राजनीतिक दलहरुसँग बैठक बस्ने तयारी छ, छलफलबाट जे निष्कर्ष आउँछ त्यही अनुसार अगाडि बढ्छौं ।’  गण्डकीको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गते गण्डकीको संसद अधिवेशन बोलाएका हुन ।  मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसाभो अधिवेशन प्रदेश सभा भवन नदीपुरमा २०८० बैशाख ९ गते दिउँसो ३ बजे बस्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।  पुस २५ गते नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको सर्मथनमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।    केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि अधिकारी नेतृत्व सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा प्रदेश सरकार अल्पमतमा परेको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा एमालेको सभामुख सहित ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गे गरी ६० सदस्य रहेका छन् ।   

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी  शुभकामना व्यक्त गर्नुभएको छ ।  नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिनुभएको हो । प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गर्नुभयो । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उहाँले भन्नुभयो, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।” सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिनुभएको थियो । 

पोखरा:  गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानी नभएर खेलकुदको आर्कषक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी अहिले खेलकुदको राजधानी खोजिरहेको छौं, जहाँ आर्कषक गन्तव्य बन्छ त्यो राजधानी हो, सांसद बरालले भने, ‘पोखरा एकसमय राष्ट्रिय खेलाडीको जग नै थियो, अहिले विस्तारै हराउँदै गएको छ यसमा सबैको ध्यान पु¥याउँदै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक छ ।’ उनले खेलकुद क्षेत्रको पूर्वाधार विकास गर्ने जिम्मा राज्यको भएको भन्दै विभिन्न प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा क्लब र विभिन्न संघसंस्थाले त्यसमा सहयोग गर्नुपर्नेमा बताए ।  टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैया आम्दानी भएको छ ।  पोखरामा माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी हुँदा ८५ लाख १५ हजार १ सय १४ रुपैया खर्च भएको टाइगर ग्रुप अफ नेपालका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।  उनका अनुसार टिकट प्रवेश शुल्कबाट १६लाख ७५ हजार ५ सय, सुश्री मिडिया प्रालिबाट १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ८ लाख पोखरा महानगरपालिकाबाट ७ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख र विभिन्न संघसंस्था, व्यक्तिबाट ३९ लाख ४१ हजार ५सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको टाइगर ग्रुप अफ नेपालले जनाएको छ ।  त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायात र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए । त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको टाइगर ग्रुप नेपालका कोषाध्यक्ष श्रेष्ठले बताए ।  पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका थिए ।  यस्तै प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब, होङ्गाजी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।  यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एसटि जोसेफ वाड स्पोर्टस क्लब श्रीलंकाको टोलिकोे सहभागिता रहेको थियो ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो ।    शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।” शौचालय कुनै पनि सुविधा सम्पन्न होटेलको बराबर हुने प्रमुख आचार्यले बताउनुभयो ।    उहाँका अनुसार शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ भने, त्यो टिपिकल नेपाली शैलीको हुनेछ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो ।   शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी काम अगाडी बढाउन निर्देशन पनि दिनुभयो । नजिकै चोकमा हाइमास्ट लाइट समेत जडान भैसकेका रातिको समयमा पनि काम गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।    पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।    एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।   यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।   पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफूहरूको पूर्व प्रतिबद्धता अनुसार जनताका सामु गरिएको बाचा पुरा गर्न लागिएको बताउनुभयो । चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पुरा गर्नु निर्वाचित जनप्रतिनिधिको कार्यभार भएको भन्दै अव एक एक गर्दै ती प्रतिवद्धताहरु पुरा गर्दै जाने विश्वास दिलाउनुभयो ।    एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो । एनआरएनए मुलुकको विकास र समृद्धिमा सारथि बन्न चाहेको बताउँदै उहाँले विदेशमा बगाएको नेपालीहरूको पसिनाको मूल्य पोखराको सार्वजनिक शौचालयमा लगानी गर्न लागिएको उहाँले बताउनुभयो ।   महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले ब्यहोर्नेछ    पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।     

पोखरा:   पोखरा महानगरपालिका १६ बस्दै आएकी अल्का गुरुङ गत मंगलबारदेखि बेपत्ता भएकी छिन् ।    स्थानीयहरुले पोखरा महानगर १ र १६ जोड्ने केआईसिंह पुलबाट एकजना हाम फालेको जानकारी दिएपनि कास्की प्रहरीका प्रवक्ता तथा डिएपसी श्रवण कुमार विकले हालसम्म बेपत्ता ३२ वर्षीया अल्का गुरुङ फेला नपरेको बताए ।    उनका अनुसार केआइसिंह पुलबाट सेती नदीमा एक जना हाम फालेको सूचनापछि कास्की प्रहरीले तत्काल खोजी गरेको थियो ।      डिएसपी विश्वकर्माले कास्की प्रहरीसँगै सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले सँयुक्त रुपमा सेती नदीको खोँचमा बुधबार पुनः खोजी गर्दा ७३ दिनदेखि सेती नदीमा नै हराएका ४४ वर्षीय विश्वबहादुर गुरुङको शव प्रहरीले फेला पारेको जानकारी दिए ।    उनले हप्तादिनदेखि बेपत्ता रहेका अल्का गुरुङलाई महिला हराएको सूचनामा राखेर खोजी तिब्र पारेको बताए । डिएसपी विश्वकर्माका अनुसार पोखरा महानगरपालिका १९ लामाचौर घर भई पोखरा १६ जोगीमडी माइती घर बस्दै आएकी थिइन् ।   परिवारको सम्पर्कमा नरहेकी गुरुङ मानसिक बिरामीसमेत रहेकी बताइएको छ ।

मुस्ताङ:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले मित्रराष्ट्र चीनसँग जोडिने कोरला नाकाको स्थलगत अवलोकन गर्नुभएको छ ।   विभिन्न कार्यक्रमसहित मुस्ताङ पुग्नुभएको मन्त्री गाहामगर नेतृत्वको टोलीले सीमाको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री गाहामगर नेतृत्वको टोलीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले सीमा र गाउँपालिकाको समस्याको बारेमा जानकारी गराएका थिए ।    स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले कोरला नाकालाई सञ्चालनमा ल्याएको खण्डमा प्रदेशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो ।   उहाँले सो नाकाको अवलोकन गर्न पहिलेपनि गएको बताउदै संघीय सरकारले नीतिगत रुपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट सो नाकामा भौतिक संरचना निर्माणका लागि रकम विनियोजन भएको बताउनुभयो ।    अवलोकनका क्रममा मन्त्री गाहामगर नेतृत्वको टोलीलाई चिनियाँ सीमा सुरक्षामा रहेका प्रहरी टोलीले खादा लगाएर स्वागत गरेका थिए ।    सो अवलोकनमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, मन्त्रालयका सुचना अधिकारी शिव लम्साल, अन्य शाखा अधिकृतहरु तथा लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष, सदस्यहरु साथै स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।    

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री  एवम् प्रदेश सरकारका प्रवक्ता तथा रोशन बहादुर गाहा थापाले आम नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनुभएको छ ।   मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासु जस्तै सम्बन्ध रहेको बताउनुभएको हो ।    उहाँले आपराधिक क्रियाकलाप रोक्नका लागि नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै प्रहरीसँगको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्नुभयो । ‘सचेतना र अन्तरक्रिया कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सामिप्यता कायम गर्न सहयोग गर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘नागरिक सचेत भएर समयमै सुचना दियो भने संभावित घटना रोकिन सक्छ । त्यसैले नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै छ ।’   मन्त्री गाहामगरले नेपाल प्रहरीले अघि सारेका कार्यक्रमहरु मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  ‘नागरिकका लागि ल्याउनुभएको यी कार्यक्रमहरु अत्यन्तै राम्रा र उपयोगी छन् तर यी कार्यक्रमहरुको कार्यान्वयन हुन अति आवश्यक छ’ उहाँले भन्नुभयो ।   मन्त्री गाहामगरले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गराउनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने बताउनुभयो ।    उहाँले पछिल्लो समय प्रहरीको कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुहुदै आम जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो । मन्त्री गाहामगरले अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न र समस्यालाई व्यवस्थित तरिकाले सम्बोधन गर्न पहल गर्ने बताउनुभएको थियो ।    यस्तै जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले नेपाल प्रहरीसँग मुस्ताङबासी सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले भौगोलिक अवस्थाका कारण मुस्ताङमा सुरक्षाकर्मीहरुलाई काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो ।   उहाँले अन्य जिल्लाका प्रहरीहरुलाई भन्दा तुलनात्मक रुपमा सेवामा वृद्धि गर्न अपरिहार्य रहेको बताउनुभएको थियो ।    सो नागरिकमैत्री प्रहरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले मुस्ताङमा रहेको विभिन्न क्षेत्रको समस्याबारे जानकारी गराएका थिए ।    उक्त समस्याहरुलाई स्थानीयहरुकै सहकार्यमा समाधान गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । उहाँले स्थानीय स्तरबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने बताउनुभएको थियो ।   कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, घरपझोङ गाउँपालिकाका प्रमुख मोहन सिं लालचन लगायतले बोलेका थिए ।   आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव बद्रीनाथ अधिकारीको सभापतित्वमा सम्पन्न नागरिकमैत्री प्रहरी कार्यक्रमको सञ्चालन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले गर्नुभएको थियो ।    

मुस्ताङ:  गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुस्ताङको तीनवटै सुरक्षा निकायलाई हिमाली क्षेत्रमा विपद् उद्धारका विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।   हिमाली क्षेत्रमा आकस्मिक उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मुस्ताङमा कार्यरत नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरीलाई सहयोग गरेको हो ।    सो सामग्रीहरु गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापाले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद र नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभयो ।    सो अवसरमा बोल्नुहुदै हिमाल पारीको जिल्ला मुस्ताङका नागरिकहरुलाई शान्ति सुरक्षा एवम् प्राकृतिक विपद्मा उद्धार गर्न सो सामग्रीहरुले सघाउ पुग्ने बताउनुभयो ।    उहाँले वितरण गरिएको सहयोग सामग्री पर्याप्त नहुने बताउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।  मन्त्री गाहामगरले सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ देश र जनताप्रति ज्यूधनको शान्ति सुरक्षा कायम गर्न इमान्दारिताकासाथ अहोरात्र लाग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।    तीनवटै सुरक्षा निकायलाई विपद् उद्धारमा आवश्यक पर्ने पोलोराइज चस्मा, गिरगिरी बेली डिभाइस, एयर फोर्स एट, एरो क्लासिक हर्नेस, बि लक कार्बिनर, ट्रान्स एयर वान पुली, ह्याण्डस अप, डोरी (रोप), रक स्टार हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी जुत्ता लगायत गरी १० लाख बराबरको सामग्रीहरु प्रदान गरिएको थियो ।     सो समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, राष्ट्रिय अनुसन्धान व्यूरो मुस्ताङका प्रमुख मदन पौडेलको सहभागिता रहेको थियो ।     

पोखरा:  शनिबारदेखि बेपत्ता भएका पोखरा महानगरपालिका ३३ खुदीका अर्जुन पौडेल मृत भेतिएका छन् ।   हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्दै आएका ३३ वर्षिय अर्जुन पौडेलेको शव हिजो (शनिबार) तुलसीघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।    उनका अनुसार पौडेल हिजो (शनिबार) बिहानको १ बजेबाटै बेपत्ता थिए ।   तुलसीघाटमा हाम फालेर देह त्याग गरेको पौडेलको शव कास्की प्रहरीले परिवारलाई जिम्मा लगाइसकेको छ ।