भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

पोखरा:  देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई रोजगारी दिएका थिए । सबैकुरा राम्रै थियो । तर काम गरिरहँदा र दैनिकी चलाईरहँदा उनको मनमा सँधै खड्किने सवाल चाहीँ एउटै थियो,‘यो देश सिस्टममा किन चलेन ?’ आफूले जानेको र गर्दै आएको आफ्नै क्षेत्रको काम पाउनका लागि पनि ठुलै भनसुन गर्नुपर्ने । काम पाएपछि काम मिलाउनेलाई कमिशन दिनुपर्ने । तै पनि समयमा काम गरेबापतको पैसा नपाउने । जब पछिल्लो समय राज्यको विभिन्न निकायसँग जोडिएर अरुणले आफ्नो व्यवसायिक काम गर्न थाले, तब उनलाई काम गर्न झन् बढि हम्मे हम्मे पर्न थाल्यो । सबै कुरा सिस्टममा हुनुपर्छ अनि मात्रै देश भ्रष्टाचारमुक्त हुन्छ भन्ने मान्यता राख्ने अरुणको व्यक्तिगत स्वभावले गर्दा नै होला, यस्ता धेरै कामबाट उनले हात धुन परेको थुप्रै उदाहरण छन् । उनलाई सँधै लाग्ग्थ्यो, ‘देशमा यस्तो अवस्था आउनु र स्थानीयस्तरमा लगानी गरेर व्यवसाय गर्न भन्दा विदेश जानका लागि युवाहरु मरिहत्ते गर्नुको मूख्य कारण भनेकै नेपालको राजनीति हो ।’ साथीभाईसँगको चियागफको क्रममा नेपालका राजनीतिक दल र तिनका नेतालाई अरुणले धेरै चोटी सरापेका छन् । अरुणलाई लाग्छ, यो देशमा सही मानिसले सही ठाऊँ पाएकै छैनन् । सक्षम र सबल मानिसले सही ठाऊँ पाएको खण्डमा पक्कै पनि राम्रै गर्छ । व्यवस्थापकीय अनुभव र ज्ञान भएका अरुणलाई लाग्यो, यसका लागि म आफैँले एउटा प्रयत्न किन नगर्ने ? पछिल्लो समय उनी मिडियामा सक्रिय हुनुका साथै मिडियासँगै सम्बन्धित संघसंस्थाको नेतृत्वमा पनि सक्रिय रहे । राजनीतिमा लाग्न भन्दा अगाडि उनी चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको अध्यक्ष थिए । त्यहाँ पनि उनी नेतृत्वमा खरो रुपमा उत्रिए। चलचित्रसंग सम्बन्धित थुप्रै कार्यक्रमहरु गरे । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि उनले चालेका र गरेका क्रियाकलापहरुको पत्रकारिता र चलचित्रवृत्तमा सँधै चर्चा हुने गर्छ । राजनीतिसँग कुनै आईनोसाईनो नभएका अरुणले आफ्नो विचारसँग मिल्ने पार्टी खोज्न थाले । हेर्दै जाँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारसँग आफूलाई सबैभन्दा नजिक पाए । भर्खरै राजेन्द्र लिङ्देनको नेतृत्व पाएको राप्रपाले उनलाई सहजै स्विकार गर्यो । पार्टीलाई उनले आफ्नो कार्ययोजना सुनाए । राजनीतिमा आउनुको कारण बताए । उर्जावान र व्यवहारमा प्रस्ट गिरीलाई पार्टीले पत्यायो । उनलाई तत्कालै राप्रपा कास्कीको प्रवक्ताको रुपमा पार्टीले नियुक्त गरिहाल्यो । करिब ५ महिनाको बीचमा राप्रपा कास्कीका गतिविधिहरुलाई उनले यस क्षेत्रमा राम्रैसँग जनतामाझ पुर्याए । शायदै मिडियामा आउने राप्रपाका सूचनाहरुलाई यहाँका प्राय जसो मिडियामा ल्याएर उनले पार्टीको छविलाई मिडियामैत्री बनाए । पार्टीको जिल्ला, प्रदेश सँगै केन्द्रीय कमिटिले पनि अरुणको सक्रियतालाई राम्रैसँग अवलोकन गरिरहेको थियो शायद । त्यसैले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उनलाई प्रदेशतर्फ कास्की क्षेत्र नम्बर २ २ का लागि उम्मेदवार बनायो । छोटो समयमै राप्रपा कास्कीमा गज्जबको लोकप्रियता बनाईसकेका अरुण गिरी अब सिस्टम बनाउने ठाऊँमा पुग्ने तरखरमा छन् । केही फड्कोमै ठुलो छलाङ मार्न सफल अरुण अहिले प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनका लागि मतदाताहरुसमक्ष राप्रपाका पक्षमा मत माग्दै हिडिरहेका छन् । अनि घरदैलो अरुण गिरी यतिबेला आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मत मागिरहँदा उनलाई निकै ठुलो हौसला मिलेको छ । जुन घरमा जान्छन्, राप्रपाले उठाएको राष्ट्रबादी एजेन्डा र मत माग्दै आईपुग्ने युवा उम्मेदवारलाई देखेर मतदाताहरु उत्साहित देखिन्छन् । आफ्नै भनिएका दल र तिनका निर्वाचित नेताहरुले अहिलेसम्म जनताको काम गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक राप्रपालाई नै मत हाल्ने वचन दिन्छन् । राप्रपाको नेतृत्वमा रहेका राजेन्द्र लिङ्देनले विभिन्न भाषणहरुमा भन्दै आएको भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाई सबैलाई कण्ठै छ । राप्रपाको नयाँ नेतृत्वप्रति जनताले ठुलो आशा अनि भरोषा गरेका छन् । त्यसैमाथि अरुण गिरी जस्तो युवा अनि जोशले भरिएको उम्मेदवार देखेपछि मतदाताहरु पनि उत्साहित हुन्छन् । अरुण भन्छन्ज, ‘नताले हाम्रो पार्टी र म प्रति देखाएको यो सदाशयताले म आफैँलाई पनि अचम्मित बनाएको छ । साँच्चै नै जनताले म प्रति देखाएको आशा र भरोसाले अझै बढि जिम्मेबार महशुस गराएको छ ।’ घरदैलोमा पुगिरहँदा पार्टीको केन्द्रीय एजेन्डा त छदै छन्, अरुण गिरीले पनि आफ्नै व्यक्तिगत एजेन्डाहरु मतदातामाझ लगेका छन् । विभिन्न २४ बुंदे स्थानीय एजेन्डाहरुसहित जनतामाझ गएका गिरीले नीतिगत रुपमा आफू निर्वाचित भएपछि गर्ने कुराहरुको ब्लुप्रिन्ट नै आफूसँग भएको दाबी गर्छन् । सुशासनका लागि आवश्यक नीति, विकासका लागि आवश्यक नीति, युवा तथा स्वरोजगारीका लागि आवश्यक नीति बनाउने एजेन्डाहरु गिरीको प्राथमिकतामा परेका छन् । त्यो बाहेक धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनाको खोजीसँगै मौलिक विकासको सवाललाई उनले बलियो गरि उठाएका छन् । उनले घरदैलोमा आफ्ना योजना र एजेन्डाहरुको बारेमा मतदाताहरुमाझ प्रस्ट पार्दै हिँडिरहेका छन् । मतदाताले उनको यो शैलीलाई रुचाएका छन् र साथ दिने वाचा पनि गरेका छन् । मिसन १४,५३१ मतदाताको ठुलो समर्थन र साथ पाईरहेका अरुण गिरीले यतिबेला मिशन १४,५३१ सार्वजनिक गरेका छन् । यो भनेको उनले चुनावमा पाउने मतको संख्या हो । र, यो उनले विभिन्न खाले रिसर्चमार्फत तयार पारेका हुन् । कास्की क्षेत्र नम्बर २ २ मा राप्रपाका लागि अरुणले यो मत संख्या पुर्याउने लक्ष्य लिएका छन् । यो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ८ सय ५६ मतदाता छन् । त्यसो त राप्रपाको सक्रिय कार्यकर्ताको संख्या यो क्षेत्रमा निकै कम छ । राप्रपाको आफ्नै आधार हेर्ने हो भने अरुण आफ्नो लक्ष्यका लागि महत्वकांक्षी लाग्छन् । तर उनी आफ्नो लक्ष्य नजिक पुगिसकेको तर्क गर्छन् । अरुण भन्छन्, ‘काँग्रेस र एमालेको कुरा गर्ने हो भने पनि यस क्षेत्रको सबै मतदाता सबै उनीहरुको कार्यकर्ता त पक्कै होईनन् । काँग्रेसको ७ हजार लिस्टेड कार्यकर्ता होलान् । एमालेको पनि त्यस्तै होलान् । तर कुनै पनि दलको कार्यकर्ता नभएका स्वतन्त्र नागरिकको संख्या नै चुनाव जित्नका लागि निर्णायक हुन्छ । त्यसैले मैले मेरो लक्ष्य प्राप्त गर्न समस्या छैन । उनले देशव्यापी राप्रपाको पक्षमा देखिएको जनलहर र अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्न तयार जनभावना देखेपछि आफू लक्ष्य नजिक पुगिसकेको दाबी गर्छन् ।

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ ।  मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गर्नुभएको हो । मन्जुरी नामामा भनिएको छ, “मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकाले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१०)को खण्ड (ख) बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरी नामा लेखिदिएको छु ।” आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् ।    आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् ।    झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् ।    एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् । 

पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’   स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए ।    स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो ।    कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए ।    आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए ।    यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् ।    उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् ।    यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ ।    थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् ।    करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् ।    थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।   

काठमाडौं:  अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१र२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ। अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन्। अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ। सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन्। त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन्। अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाण्डौ:  भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।  भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए । 

काठमाडौं:  राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्दै राष्ट्रपतिको कार्यालयले भारतको उदाहरण दिँदै संवैधानिक राष्ट्रपतिले मुलुकको हितका लागि विशेषाधिकार (भिटो) प्रयोग गर्नु असंवैधानिक नहुने जिकिर गरेको छ ।   राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालय मार्फत पेश गरेको लिखित जवाफमा नागरिकता विधेयक राष्ट्र हित विपरीत रहेकाले त्यसलाई स्थगनमा राखेको जवाफ दिएको छ । राष्ट्रपतिको निर्देशनमा जवाफ तयार पारिने हुनाले यो लिखित जवाफलाई उनको आधिकारिक धारणा समेत मानिन्छ । राष्ट्रपति कार्यालयले अमेरिका लगायत कार्यकारी राष्ट्रपति भएको मुलुकको उदाहरण दिदै त्यस्ता मुलुकमा विधेयक प्रमाणीकरणका क्रममा राष्ट्रपतिले विशेषाधिकार प्रयोग गरी अस्वीकार गर्नसक्ने उल्लेख छ । साथै भारत लगायतका संवैधानिक राष्ट्रपति भएका मुलुकमा समेत विशेषाधिकारकै शैलीमा विधेयकलाई यथास्थितिमा राख्ने अभ्यास रहेको राष्ट्रपति कार्यालयले उदाहरण पेश गरेको छ । नेपालको संविधानमा भने यसवारेमा स्पष्ट कानूनी व्यवस्था नभएकाले मुलुकको हितका लागि राष्ट्रपतिले विधेयक स्थगनमा राखेको लिखित जवाफमा उल्लेख छ । पहिलोपटक विधेयक पेश भएपछि सन्देशसहित संघीय संसदमा फिर्ता पठाएको, तर उक्त विधेयक कुनै छलफल र परिमार्जनविना यथास्थितिमा फेरि प्रमाणीकरणका लागि आएको भन्दै राष्ट्रपति कार्यालयले त्यसलाई ‘सन्देशको अनदेखा गरिएको’ निष्कर्ष निकालेको छ । राष्ट्रपति कार्यालयले विधेयकलाई अस्वीकृत गरेको भनेको छैन, बरु यथास्थितिमा रहेको भनी जवाफ लेखेको छ । नागरिकताजस्तो संवेदनशील विषय अल्पमत वा बहुमतका आधारमा निर्णय गर्ने विषय नभएको भन्दै लिखित जवाफमा नयाँ संसदले यो विधेयकलाई अघि बढाउन सक्ने उल्लेख छ । मुलुकको राष्ट्रिय एकता र संविधानको रक्षा गर्नु राष्ट्रपतिको अधिकार भएको भन्दै लिखित जवाफमा सरकारले नागरिकता विधेयकलाई संसदमा पेश गर्ने क्रममा राष्ट्रपतिलाई किन जानकारी नदिएको  भनी प्रश्न उठाएको छ । लिखित जवाफमा भनिएको छ, ‘प्रमाणीकरणका लागि मात्रै पठाउनुले यो संस्थाको गरिमा कायम रहेन ।’

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंसिर ४ गते हुने निर्वाचन खारेजीको माग गरेको छ ।    निर्वाचन बहिष्कार गर्ने निर्णयपछि पोखराको पृथ्वीचोकमा विरोध सभा आयोजना गर्दै चुनावमा भाग लिने दलहरुलाई दलालको संज्ञा दिएको छ ।   ‘संसदीय दलालहरु होशियार’लगायतका नारा लगाउँदै पार्टीका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा (प्रकाण्ड)ले चुनावले अपराधीको जत्था जन्माउने बताएका छन् ।     सभापूर्व माओवादीको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो ।    अहिले विरोध सभा जारी छ ।    

पोखराः काठमाण्डौं क्षेत्र नम्बर ५ मा श्री गुरुङको उम्मेदवारी चर्चामा छ । यतिबेला प्रचारप्रसारमा जुटिरहेका श्री जित्ने आत्मविश्वासकासाथ घरदैलोमा छन् ।    उनको क्षेत्रमा नेकपा एमालेबाट इश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेलको उम्मेदवारी रहेको छ । ठूला मानिएका दलको जति तडकभडकपूर्ण प्रचार छ त्यसको तुलनामा श्रीको शालीन र अर्थपूर्ण ।    पत्रकारितामा मास्टर्स डिग्री सकेर हाल पीएचडीमा लागेको श्री ‘इन्फ्लुअन्स अफ ब्लग इन पोलिटिक्स’ विषयमा अनुसन्धानरत छन् । देशमा रहेका सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ् गरी मुलुकलाई धनी बनाउन सकिने आधार प्रस्तुत गर्दै उनी मतदाताको विश्वास जितिरहेका छन् ।    ठूला दलले बाँडिरहेका ठूलै सपनालाई मतदाताले नपत्याएकाबेला श्री को एजेण्डा प्रभावकारी बनेको छ । पर्यटनलाई आर्थिक उपार्जनको बलियो माध्यम बनाउन सकिने प्रचार गरी युवा पुस्ताबाट देशले काँचुली फेर्नसक्ने उनको ‘लजिक’ छ ।    पर्यटन व्यवसायमा व्यस्त श्री सम्भावनाका बावजुद पनि मुलुकले फड्को मार्न नसकेपछि राजनीतिमा आएको बताउँछन् । ‘म पत्रकारिताको पनि विद्यार्थी हुँ, मैले देश, भूगोल र सम्भावना बुझेको छु’ उनले भने ‘देश बनाउँछु भनेर राजनीति गर्नेहरुले बुझ्न नसक्दा म राजनीतिमा आए ।’   यतिमात्र हैन युवाशक्ति विदेशिने लर्काे लागेपछि देश कमजोर बनेको उनको बुझाई छ । उनी भन्छन्, ‘विदेशिनेको तथ्यांक भयावह छ, २००८ देखि यता श्रम स्वीकृति लिएर ४० लाख नेपाली परदेशिए ।’   ‘देश रेमिट्यान्सले चलाउन खोज्ने दल र नेता देखेर म कसरी चुप लागेर बस्न सक्छु’ श्री भन्छन् ‘त्यसपछि मलाई लाग्यो, हामी जहाँ छौं त्यहीबाट हस्तक्षेप गर्नुपर्छ ।’   पूर्वको संखुवासभामा जन्मिएर राजधानीमा कर्मथलो बनाएका ३९ वर्षीय श्री अब राष्ट्रिय राजनीतिमा लागेर देशलाई आत्मनिर्भर बनाउन कस्सिएको बताउँछन् ।    उनको चुनावी भेला कुनै बौद्धिक सेमिनारजस्तै लाग्छ । भेलामा सहभागी युवाहरु विश्वविद्यालयको प्रोजेक्ट वर्कमा केही नयाँ योजना बनाउन खटिए झैं लाग्छन् । श्री का कुरा सुनेपछि टोलटोलका युवाहरु भेला भई उनलाई ​जिताउँन रणनीति बनाउँन थालेका छन् ।    दिनानुदिन श्री को आकर्षण बढिरहेकाबेला ठूला दललाई तनाव छ । त्यो तनाव श्री ले जित्लान् भन्दा पनि कसको भोट काट्छन् भन्ने हो । यद्यपि, श्री कसैको भोट काट्न नभई स्वयं जित्न मैदानमा आएको बताउँछन् ।    ‘नेपाल र दक्षिण एसियाभन्दा माथि उठेर हेर्नुहोस्, तपाइलाई आफ्नो शक्ति थाहा हुन्छ’ उनले भने ‘अमेरिका, बेलायत, नेदरल्याण्ड, क्यानडामा युवाले देश हाँकेका छन् ।   ‘ठूला पार्टी र ठूला उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, जितिन्छ ?’ भन्ने प्रश्नमा श्री भन्छन्, ‘म जित्न उठेको हैन, काठमाण्डौं र देशलाई जिताउन उठेको उम्मेदवार हुँ ।’ यहाँ नेताहरु मलाई जिताउनुहोस् भन्दै भोट मागिरहेका छन् तर जनताले ‘म जित्छु’ भनेर मतदान गर्नुपर्ने उनको भनाई छ ।    अन्त्यमा उनले थपे, ‘हामीले देशलाई चिनेर काम गर्न सकेनौं । सगरमाथा र बुद्धको ब्राण्डिङ् गर्न सकेनौं ।’   यस क्षेत्रबाटमात्रै १४ स्वतन्त्र उम्मेदवार छन् ।