राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८...

 काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौं: कियाले सन् २०२३ को पहिलो त्रैमासमा तीन वटा नयाँ मोडलको गाडी भित्र्याउने भएको छ।  किया मोटर्सले भारतबाट ७ सिटर क्यारेन्स र नयाँ स्पोर्टेज त्यस्तै कोरियाबाट विद्युतीय निरो इभी भित्र्याउने भएको हो।  भारतबाट भित्रने गाडीहरू सन् २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गरिनेछ भने कोरियाबाट भित्रने गाडी ढिलोमा सन् २०२३ को दोस्रो त्रैमासमा सार्वजनिक गरिनेछ।  यी बाहेक कम्पनीले हाल बजारमा उपलब्ध मोडलहरू पनि भित्र्याउँदैछ।  किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ। कम्पनीले वार्षिक दुई हजार वटाभन्दा बढी कियाको विभिन्न मोडल बिक्री गर्दैछ। त्यस्तै औसतमा मासिक दुई सय वटा र विशेष अवसरमा बढी गाडी बिक्री हुने कम्पनीले जनाएको छ । 

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो । यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

पोखरा:   पोखरा फाइनान्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । ४ पुस सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयर धनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ४ करोड ८९ लाख १९ हजार ८१३ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १.९५ प्रतिशतले वृद्धि भएको छ । सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ६।०८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५।९८ प्रतिशतले वृद्धि भएको छ । यता इस्टन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९७ प्रतिशतले गिरावट हुँदा ३० प्रतिशत लाभांश प्रस्ताव गरेको फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ६.७६ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.७२ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:   नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेतस्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ । सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ । धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६।११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ । रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अपेक्षाकृत लाभांश नआएको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र गत आर्थिक वर्षको मुनाफबाट लाभांश नदिने घोषणा गरेको मञ्जुश्री फइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले गिरावट भएको छ ।

पाेखरा: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभर भाडा बढाएपछि त्यसको असर पुरै औद्योगिक क्षेत्रमा परेको छ । लिमिटेडले ४ सयदेखि ७ सय प्रतिशतसम्म भाडा दर बढाएपछि पोखरा औद्योगिक क्षेत्रमा लिमिटेडको कार्यालय मूलगेटमा कालो झण्डा र ब्यानरसहित उद्यमीहरु आन्दोलित भएका छन् ।    ०७५ सालमा तय गरिएको भाडादरमा आगामी ५ वर्षसम्म भाडा नबढाउने सम्झौता भएपनि सोही वर्षको साउनदेखि नै ७ सय प्रतिशत बढाइएको उद्यमीहरुले जनाएका छन् । कोभिडको अन्त्यसँगै बढाइएको भाडामा जरिवानासहित बुझाउन भन्दै अहिले पत्र काटिएपछि उनीहरु आन्दोलित भएका हुन् ।    त्यसपछि लिमिटेडले ताकेता गर्न थालेपछि उद्यमीहरु लिमिटडेको मुलद्वारमै ब्यानर र झण्डा टाँग्न बाध्य भएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यहाँ ६ सय ८४ प्रतिशत भाडा बढाइएको छ ।    यस दर अनुसार पहिले प्रतिरोपनी ८ हजार रुपैयाँ वार्षिक बुझाइरहेका उद्यमीहरुले अहिले ५४ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै, उक्त क्षेत्रमा निर्माण भएको भवनमा पनि लिमिटेडले अतिरिक्त रकम लिने गरेको छ ।    यस विषयलाई सल्टाउन भोली लिमिटेड र उद्योग संघको छलफल तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यद्यपि, समस्या सम्बोधन भइहाल्ने विश्वास नभएको श्रेष्ठ बताउँछन् ।    पञ्चकन्या मेटल इन्जिनियरिङ्का गणेशप्रसाद बाँस्तोलाले नवीकरण गर्ने बेला भएको सम्झौताविपरित भाडा बढाइएको गुनासो गरे । पछिल्लो समय ४० वर्ष समय थप गरेको र त्यसपछि भाडा बढाएर अन्याय गरेको उनको आरोप छ ।      कोभिडकाबीच मारमा परेकोबेला त्यसलगत्तै चर्काे भाडावृद्धि गरी उद्यमीलाई देशमा गरिखान नदिने वातावरण बनाउँदै लगेको उनले उल्लेख गरे । ‘हामीले गरेको लगानीबाट देशले आर्थिक विकासमा खर्च गर्न पाइरहेको छ’ बाँस्तोला भन्छन् ‘तर सरकार उद्यममैत्री हुनुकोसट्टा भाडा उठाएर खान पल्किएको छ ।’   देशमा भएका उद्योगधन्दालाई विस्तार गर्ने वातावरण नबन्दा धेरै उद्यमीले विदेशमा लगानी गर्न थालेको उनको भनाई छ । उनले भने, ‘सरकारले उत्पादनमूलक उद्योगलाई अहिले भन्सारदेखि बजारसम्म अप्ठेरो स्थिति सिर्जना गरिदिएको छ ।’   लिमिटेडका पोखरा क्षेत्रीय प्रबन्धक किशोरकुमार पाण्डेका अनुसार उद्यमी र लिमिटेडबीचको गाँठो फुकिहाल्ने अवस्था छैन । भोली (सोमबार) छलफल हुने भएपनि यस विषयलाई सम्बोधन गर्ने एजेन्सी लिमिटेड नभई उद्योग मन्त्रालय नै भएको उनले प्रष्ट्याए ।    ‘झट्ट हेर्दा लिमिटेडले भाडादर बढाएको देखिए पनि यसमा मन्त्रालयकै हात छ’ पाण्डे भन्छन् ‘यसको सम्बोधन गर्ने निकाय मन्त्रालय हो तर हालसम्म कुनै चासो लिएको देखिदैँन ।’ उद्यमीहरुले समायानुकूल भाडा बढाए कुनै आपत्ति नभएको जनाउ गरेपनि ७ प्रतिशतसम्म गरिएको वृद्धिदर अस्वभाविक भएको उनले घुमाउरो शैलीमा स्वीकार गरे ।    सरकारलाई विकासे गतिविधिलाई निरन्तरता दिन आर्थिक स्रोतको खाँचो भएको र भाडा खानकैलागि औद्योगिक क्षेत्र सन्चालन नगरेको बताउँदै देशको ढुकुटी भर्न राज्य लगानी गरेको उनको दाबी छ ।    लिमिटेडले तराईका क्षेत्रमा ४ सय प्रतिशतको हाराहारीमा भाडा बढाएको छ भने सबैभन्दा बढी बालाजु, पाटन र पोखरामा ७ सय प्रतिशतसम्म वृद्धि गरेको छ ।    संघले ‘असमान र अन्यायपूण तथा विभेदकारी भाडा वृद्धिदर खारेज गर्’, ‘सबै उद्योगमा एकल भाडादर कायम गर’ र वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारण गर’ भन्ने मागसहित विरोधमा उत्रिएको छ । 

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेश को आयोजनामा गण्डकी प्रदेशको आतिथ्यमा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व र गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनारको प्रमुख अतिथि मा सम्पन्न भएको छ ।  अन्तक्रिया कार्यक्रम मा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले बोल्दैँ, ‘हामीले प्रदेश मार्फत व्यवसायीहरू का समस्या समाधान गर्छौं,सुन प्रदेश मार्फत वितरण सिफारिस गर्छौ अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ तर हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौ केवल कार्यलय को भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो।’  त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले, ‘महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो।’  कर्णाली प्रदेशका सभापति जनक सुनारले, ‘यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी हो अब हामी यसै बस्न हुदैन अधिकार त्यसै पाइदैन र काम कर्त्तव्य बिर्सनु हुदैन भन्नुभयो।’  सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले, ‘व्यवसायिका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफैँ समस्या मा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन। महासंघ को गरिमा घट्ने कार्यनगर्न आग्रह गर्नु भयो। लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना बद्द ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान हुदैन। यी एजेण्डा हरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्छ यसका लागि सबैको सहयोग चाहिन्छ भन्नुभयो।’  अतिथि निर्मल दियालीले, ‘हामी जिल्ला संघ देखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने विचार राख्नु भयो।’ प्रमुख अतिथ मोहन कुमार सुनारले, ‘सुन वितरण का लागि सदस्यता र प्यान नं को आधर नै वैज्ञानिक आधार हो यस समानुपातिक वितरण प्रणालीको निर्णय भएपनि लागु नभएको मा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्छ। व्यवसायीका धेरै समस्या  मापदण्ड निर्देशिका ले समाधान गर्छ हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ। प्रदेशले जिल्ला का समस्या समाधान गर्ने र महासंघ लाइ सुझाव सल्लाह सहयोग गर्ने हो महासंघ निति निर्माण र राज्य संग पहलकदमी मा लाग्ने हो तर त्यसो भएको छैन। समय सापेक्षित रुपमा चल्नुपर्ने बताउनु भयो।’  सभापति रामजी साहले, ‘यसोसियट सदस्यहरू लाइ व्यवस्थापन गर्नु पर्छ। सुन वितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्छ। यसोसियट सदस्यहरू लाइ दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ। सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निवेदन आएका सबै लाइ सदस्यता दिनुपर्छ। भन्नुभयो।’  अन्तर्क्रिया मा १५जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राख्नुभएको थियो। आथित्य प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिव हरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्या मा छलफल गर्न पाउनु महत्वपूर्ण हो।व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य छन्। देशभरि कालो बजारी मौलाउदै छ।व्यवसायी पलायन हुने अवस्थामा छन।बैंक ब्याज ले थिचिएका छन।सरकारी बक्र दूष्टि परि अनुगमन लगायतका समस्या मा छन। व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन,सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्या मा छन। महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन। अब यि समस्या आउन दिनु हुदैन त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएको मा धन्यवाद दिनु भयो।  कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्मा ले संचालन गर्नु भएको थियो। ३५ जना प्रतिनिधि ले भाग लिएको कार्यक्रम को निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने करा सभापति रामजी साहले जानकारी दिनु भयो।