स्वीजरल्याण्ड पठाउने भन्दै ठगी गर्ने ७ पक्राउ

काठमाडाैं | जेठ १०, २०८०

स्वीजरल्याण्ड पठाउने भन्दै ठगी गर्ने ७ पक्राउ सांकेतिक तस्बिर

काठमाडौं:   वैदेशिक रोजगारको लागी स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएको एक जना प्रहरीले पक्राउ गरेको छ ।

 

काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी ७ लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो । 

 

उनले स्वीजरल्याण्ड जान ७ लाख २० हजार रुपैयाँ लाग्छ  र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाडौंमा  दिनुभएको थियो । 

 

उजुरीपछि पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्