राष्ट्रिय सभाबाट निति तथा कार्यक्रम पारित
काठमाडाैं | जेठ ९, २०८०

काठमाडौं: सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो भने, राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण द...
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण,...
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७ देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो । ...