उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी

काठमाडाैं | चैत ३, २०७९

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी

काठमाडौं: उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । 

 

नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो । 

 

उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो । 

 

जनमत पार्टीर्की ममता झाले संघमा २३ र प्रदेशतर्फ १५  मत प्राप्त गर्नुभयो । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्