लान्द्रुकको कोटेसाङभीरमा मह शिकार (तस्वीरहरु)
पाेखरा | मंसिर २९, २०७९

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रकमा हनि हन्टिङ फेस्टिबल बुधबार सकियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै लान्द्रुकस्थित कोटेसाङभीरमा भीर माहुरीको मह काढिएको थियो । सो फेस्टिभलमा करिब आधा दर्जन भीर माहुरी घार शिकार गरिएको थियो ।
वर्षमा दुईपटक शिकार गरिन्छ । महभीरमा जेठ– असारपछि मंसिर महिनामा महको शिकार गरिएको थियो । मह स्वास्थ्यबर्दक मानिने भएकाले भीर महको महत्व बढेको स्थानीयहरु बताउछन् ।
मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुुरु भएको फेस्टिबल बुधबार सम्म चलेको थियो । १ लिटर महको ३ हजार रुपैयामा विक्री हुने हनि हन्टिङ फेस्टिबल समितिले जनाएको छ ।
१९ तस्बिरमा हेरौँ, भीर मह शिकारको रौनक
तस्बिरहरुः बि बि रोकामगर
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...
ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड ...
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परे...