पोखरामा १ सय २० बढी सवारीसाधन होल्डमा

पाेखरा | मंसिर ४, २०७९

पोखरामा १ सय २० बढी सवारीसाधन होल्डमा

पोखराः  निर्वाचनको दिन कास्कीमा सवारी पास बिना चलाइएका १सय २० बढी सवारीसाधनलाई प्रहरीले होल्डमा राखेको छ ।

 

निर्वाचनको दिन विना पास चलाइएका १ सय २० बढी दुईपाङ्ग्रे र केही चार पाङ्ग्रे सवारीसाधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । होल्डमा राखिएको सवारीसाधनलाई साँझ ५ बजेपछि छोड्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्की लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

 

अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्

पोखरा:    आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपा...

थप पढ्नुहोस्

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि ...

थप पढ्नुहोस्