को हुन् १ सय ५० किलो गाँजा सहित भागदौडमा पक्राउ पर्ने २ जना ?

काठमाडाैं | बैशाख १५, २०७९

को हुन् १ सय ५० किलो गाँजा सहित भागदौडमा पक्राउ पर्ने २ जना ?

बाराः जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बिहीबार डेढ सय किलो गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 

बाराको मटिअर्वा चौकीबाट खटिएको गस्तीले निलकण्ठवा नजिक नेपाल भारत सिमाना वरपर करिब दर्जन व्यक्ति गाँजा ओसारपसार गरेको देखेपछि नियन्त्रणमा लिन सुरु गरेको थियो ।

 

सोही क्रममा समूहले गाँजा फालि भाग्ने प्रयास गर्दा प्रहरीले २ जनालाई पक्रन सफल भएको छ । 

 

प्रहरीले उनीहरुबाट प्रति बोरा १५ किलोको दरले १० बोरा गाँजा नियन्त्रणमा लिएको हो ।

 

जिप्रका बाराका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतिाहारीस्थित संग्रामपुर निवासी ६० वर्षीय रामदर्शन महतो र सोही ठेगानाका ३५ वर्षीय अजित पासवान रहेका छन् । 

 

पक्राउ परेको दुबैलाई प्रहरीले बारा जिल्ला अदालतबाट बिहीबारै लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 

पोखरा:   पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।  पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले स...

थप पढ्नुहोस्

काठमाडौं:       नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । बुधबार भएको स...

थप पढ्नुहोस्

काठमाडौं:     नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को घोषणा टोलीमा स्पिनर सागर ढकाल...

थप पढ्नुहोस्