पोखरा उपमेयरमा चर्चा सुरेन्द्रको उम्मेदवारी कोपिलाको

काठमाडाैं | बैशाख १२, २०७९

पोखरा उपमेयरमा चर्चा सुरेन्द्रको उम्मेदवारी कोपिलाको

पोखराः निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अपरान्हसम्म नेपाली कांग्रेसबाट  पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेको चर्चा चलेको थियो । 

 

बिजुक्छेको चर्चामात्र चलेन केही अनलाइनले उनी सिफारिश भइसकेको समाचारसमेत छाप्न भ्याए भने नेवार समुदायका बाहुल्यता भएको नगरभित्रका केही स्थानबाट सामुहिकरुपमा जुलुससहित आयोग जाने तयारीसमेत भएको थियो ।  

 

तर स्वयं बिजुक्छे र अनलाइनहरुले सोचेजस्तो भएन । दिउँसो करिब २ बजेपछि एकाएक बिजुक्छेको नभई कोपिला रानाभाटाको नाम फाइनल भयो ।

 

कोपिला नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् । 

 

गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएपछि मेयर नेकपा एसको भागमा परेको थियो । त्यसपछि उपमेयरमा कांग्रेसले उम्मेदवार चयन गर्न निकै दिन लगायो ।

 

यसबीचमा विभिन्न आकांक्षीको नाम चर्चामा आएपनि कांग्रेसका धेरै शुभचिन्तक एवं कार्यकर्ताले बिजुक्छे चयन भएको जानकारी पाएका थिए । तर उनको चर्चा केही घण्टामै सकिएको छ । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्