'ग्रामीण चलचित्र महोत्सव' : 'टुल्की'लाई उत्कृष्ट फिचर फिल्म अवार्ड

काठमाडाैं | बैशाख ८, २०७९

'ग्रामीण चलचित्र महोत्सव' : 'टुल्की'लाई उत्कृष्ट फिचर फिल्म अवार्ड

काठमाडौं वैशाख ८ गते । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा भएको महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

 

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङ'लाई अवार्ड प्रदान गरियो ।

 

यस्तै,  डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।

 

सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध'बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले अवार्ड प्राप्त गरेको हो ।

 

साथै 'स्क्रिन प्ले'तर्फ 'टुल्की'बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयाे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो । 

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्