पोखरा १३: ‘सीप सिकौं, दक्ष बनौं’
निशुल्क तालिममा ४५ जना लाभन्वित
पाेखरा | बैशाख १२, २०८१
![पोखरा १३: ‘सीप सिकौं, दक्ष बनौं’](https://sungabhacdn.prixacdn.net/media/Sip_htIDXRRc77.jpg)
पोखरा: ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।
एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए ।
‘वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम उपलब्ध गराई रोजगारी दिलाउने उद्देश्य हो । सीप सिकेर दक्ष बनी आर्थिक उपार्जनमा सक्षम बनाउने बाटोमा वडा अग्रसर छ’, उनले भने ।
बरालका अनुसार अहिले सबै गरेर ४५ जना युवायुवतीले निशुल्क तालिम लिइरहेका छन् । निशुल्क तालिम लिन पाउँदा युवायुवतीमा जाँगर भरिएको उनले बताए ।
वडाले उपलब्ध गराएको निशुल्क तालिमले आत्मनिर्भर बन्न सिकाउने उनले उल्लेख गरे । सीप सिकेर खाली बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए । भौतिक विकास सँगै, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पोखरा १३ क्रियाशिल छ ।
स्थानीय नागरिकको अपेक्षा अनुसारको कार्यलाई क्रमागत रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता समेत वडाध्यक्ष किरण बरालले गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...
लमजुङ: लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...
काठमाडौँ: फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...